• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरिया नगरपालिका कार्यसम्पादन मूल्यांकनमा बर्दिया जिल्लामै पहिलो

  •  सन्दिप कुमार बैश्य
  • २०८१ फाल्गुन ३, शनिबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,फागुन ३ गते / गुलरिया नगरपालिका कार्यसम्पादन मूल्यांकनमा बर्दियाका ८ स्थानीय तह मध्ये पहिलो भएको छ । आयोगले माघ ३० गते कार्यसम्पादन मूल्यांकनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंकसम्बन्धी विवरण प्रकाशित गरेको थियो ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकन विवरण अनुसार ६७ दशमलव ९ अंक प्राप्त गर्दै गुलरिया नगरपलिका जिल्लामै पहिलो भएको हो ।

    राजापुर नगरपालिका ६६ दशमलव ५ अंकसहित दोस्रो, ठाकुरबाबा नगरपालिका ६५ दशमलव ७ अंकसहित तेस्रो स्थानमा रहँदा गेरूवा गाउँपालिका ६३ दशमलव ४ अंकसहित चौथो स्थानमा भएको छ । त्यसैगरी पाँचौँ स्थानमा मधुवन नगरपालिकाले ५९ दशमलव ३ अंक ल्याएको छ भने छैटौँ स्थानमा ५७ दशमलव १ अंकसहित बारबर्दिया नगरपालिका रहेको छ ।

    बाँसगढी नगरपालिका ४८ दशमलव १ अंकसहित सातौँ र बढैयाताल गाउँपालिका ३२ शमलव ३ अंकसहित आठौँ स्थानमा रहेको छ ।

    प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको छ । यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य काम लगायतका आधारमा गरिएको हो ।

    यो मूल्यांकन वर्तमान स्थानीय तहका जनप्रतिनिधि मात्रै नभइ,अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामको आधारमा पनि भएको हो ।

    आयोगले माघ ३० गते कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धी विवरण प्रकाशित गरेको थियो । आयोगले प्राप्त अंकमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन जनाएको छ ।

    Post Views: 300
    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार ०८:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.