बर्दिया(मधुवन), माघ २९ गते / चितुवाको आक्रमणबाट ज्यान गुमाएकी जुना कुमारी लामिछाने क्षेत्रीका परिवारलाई मधुवन नगरपािलकाले आर्थिक सहयोग गरेको छ । माघ २५ गते मधुवन नगरपालिका बाड नं। ७ को आफ्नै खेतमा काम गरिरहेको अवस्थामा ५१ वर्षीया जुना कुमारी लामिछाने क्षेत्रीलाई चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । मृतकका परिवारलाई मधुवन नगरपालिकाले राहत स्वरुप ७५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।


मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले मृतकका परिवारलाई ७५ हजार रूपैयाँको चेक हस्तान्तरण गर्नु भएको थियो । पछिल्लो समयमा बर्दिया जिल्लामा मानव वन्यजन्तु द्धन्द्ध बढ्दो देखिएको छ ।




