बर्दिया(मधुवन), माघ २१ गते / मधुवननगरपालिका बडा नं ५ को कार्यालयले आफ्नो कार्यालयको खर्च कटौती गरेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

कार्यालयका हुने खाजा खर्च लगायत अन्य प्रशासनिक खर्च कटौती गरि बचेको रकमबाट मधुवन नगरपालिका बडा नं १ मा रहेको पत्थरबोझी स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको मधुवन नगरपालिका बडा नं का बडा अध्यक्ष दिलिप गुरुङले जानकारी दिए ।

हालको लागि शैक्षिक सामाग्री मात्र सहयोग गरे पनि भोलिका दिनका लागि विद्यालय र विद्यार्थीलाई अत्यावश्यक पर्ने बिषयमा आफू मातहतको बडा या मधुवन नगरपालिका संग सहजिकरण गर्नका लागि सदैव साथ रहने समेत बडा अध्यक्ष गुरुङले बताए ।
अभिभावक नभएका एवं विपन्न परिवारका सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत करिब ३७ जना विद्यार्थीलाई माघ २१ गते गरिएको कार्यक्रमका बिच विद्यार्थीलाई कापी, कलम सहित चप्पल, फलफुलहरु बिस्कुटहरु वितरण गरिएको थियोे । कक्षा १ देखि ६ कक्षा सम्म संचालित यस विद्यालयका विद्यार्थीलाई कक्षा अनुसार आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको थियोे । शैक्षिक सामाग्री वितरण कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, नेपाली कांग्रेसका रामचन्द्र थापा, बाड सदस्य हरु, लगायत स्थानीय जनप्रतिनिधि र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।




