बर्दिया, माघ २० गते / किशोरीको जिवनमा आउने विभिन्न परिवर्तन र सहि समयमा निर्णय तथा सिपको प्रयोग गर्ने उद्देश्यले रुपान्तरण कक्षा बर्दियाको गुलरियामा प्रत्येक शनिवार सञ्चालन भइरहेको छ ।


आफ्नो सोचलाई प्राथमिकता दिदै सञ्चालन भैरहेको रुपान्तरण कक्षा बर्दियाको गुलरिया नगरपालिका को वडा नं ३ खैरी र गुलरिया नगरपालिका वडा न ४ कैलाशनगर, गुलरिया नगरपालिका वडा न ५ को बालापुर साथै गुलरिया नगरपालिका वडा नं ७ को चौजुर्जी र गुलरिया गाउँमा उक्त सञ्चालन भईरहेको सुनौलो महिला विकाश बहुउद्देश्य सहकारी संस्था लिमिटेड का अध्यक्ष इन्दिरा सुवेदीले बताइन । २०८१ साउनको ११ गते देखि संचालित भइरहेको यो रुपान्तरण कक्षा चैत्र मसान्त सम्म संचालित हुने जानकारी समेत अध्यक्ष सुवेदीले दिइन् ।

संस्थाले सञ्चालन गर्दै आएको कक्षामा विद्यालय बाहिर रहेका किशोरी हरुलाई समाजमा बढिरहेको बाल बिवाह, मानव वेचाविखन र दाइजो प्रथा जस्ता सामाजिक कुरीती विरुद्ध डटेर लाग्न र आत्मबल मा बढावा दिन सीमान्तकृत किशोर किशोरीको सहभागितामा कक्षा सञ्चालन गरिएको समेत संस्थाकी अध्यक्ष सुवेदीले जानकारी दिइन् । सुवेदीले ग्रामिण भेगका किशोरीहरुको शारीरिक मानसिक तथा संवेगात्मक भावहरूको समग्र सकारात्मक विकास गर्ने उद्देश्यले कक्षा सुरु गरिएको समेत सुवेदीले भनिन् ।
विद्यालय बाहिर रहेकी रुपान्तरण कक्षमा सहभागी गुलरिया नगरपालिका वडा नं ७ ओमशान्ति टोलकी कल्पना यादवले रुपान्तरण कक्षाले आफुमा धेरै परिवर्तन आएको बताइन । यादवले आफ्नो कर्तव्य आफै निर्वाह गर्ने आत्मवल आएको समेत भनिन् । कक्षामा अध्ययनले अर्काको अगाडी निर्धक्क संग भएर बोल्ने भएको यादव बताइन्।

यस्तै गरी गुलरिया नगरपालिका वडा नं ४ कैलाशनगरको बालविकाश केन्द्र मा संचालन हुदै आएको रुपान्तरण कक्षाकी प्रशिक्षक मोनीका कुशंबधिया ले भनिन् रुपान्तरण कक्षा निकै उपयोगी भएको र परिवर्तन रुपान्तरण कक्षाले मिश्रित समुदायलाई समेटेर कक्षा सञ्चालन गर्ने भएको हुदा यहाँ सबैको सहभागीता रहेकोले रुपान्तरण कक्षा संचालनले स्थानीयहरुका लागि राम्रो रहको उनले भनिन ।
रुपान्तरण कक्षा सञ्चालन भैरहेको कक्षाको लागि प्रत्येक स्थानमा एक एकजना तालिम प्राप्त सहजकर्ता पनि राखिएको कार्यक्रम आयोजकले जानकारी दिएको छ । रुपान्तरण कक्षाले बाल अधिकार, सुनिश्चितता सहितको समाज निर्माणमा किशोर किशोरीलाई सत् मार्गमा अभिप्रेरित गर्न रुपान्तरण कक्षा फलदायी हुने अभिभावकहरुले बताएका छन ।
४ वटै वडामा सञ्चालन भै रहेको रुपान्तरण कक्षामा करीब एक सय बढी किशोरीहरुको सहभागिता रहदै आएको छ भने कक्षाको संचालन सुरुवातका दिन देखि संचालित रुपान्तरण कक्षामा सहभागी किसोरीहरु मध्यबाटका एक साथी सहजकर्ताहरूले गर्ने गरेको समेत अध्यक्ष सुवेदिले बताइन् ।
सिद्धार्थ सामाजिक विकाश केन्द्को प्राविधिक सहयोग, गुलरिया नगरपालिकाको समन्वय तथा सुनौलो महिला विकाश बहुउद्देश्य सहकारी संस्था लिमिटेड को आयोजनामा रुपान्तरण कक्षा सञ्चालन भै रहेको छ ।




