बर्दिया(मधुवन), माघ १५ गते / मधुवन नगरपालिका बडा न ८ ले बडामा रहेका स्थानीय जेष्ठ नागरिक बुवा-आमा लाई न्यानो कपडा वितरण गरेको छ ।


जाडो बढ्दै गर्दा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ मधुवन नगरपालिका बडा नं ८ का वडा भित्रका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको मधुवन नगरपालिका बडा नं ८ का बडा अध्यक्ष मधुवन नगरपालिकाका नगर प्रवक्ता मेक बहादुर गुरुङले जानकारी दिए ।

माघ १५ गते मधुवन नगरपालिका बडा नं ८ मा भएको एक कार्यक्रममा करिब ३ सय १५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा गरिएको समेत बडा अध्यक्ष गुरुङले बताए ।





