• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दलित महिलामाथि भएको हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ १५, मंगलवार ११:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १५ गते / दलित महिला संघ बर्दियाले दलित महिलामाथि भएको हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

    प्रतिवेदन अनुसार दलित महिला संघले नेपालमा दलित महिला माथि सबैभन्दा बढी हिंसा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । बर्दिया संघकी अध्यक्ष हिमा सुनारले सोमवार दलित अगुवा, दलित समुदायका क्षेत्रमा कार्य गर्ने संघसंस्था, स्थानिय सरकार तथा संचारकर्मि बीच एक कार्यक्रमको अयोजना गरि दलित महिलामाथि भएको हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।

    प्रतिबेदन प्रस्तुत गर्दै सुनारले नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालबालिकामाथि हुने भेदभाव र हिंसाका घटनाहरूको अध्ययन विश्लेषण र दस्तावेजीकरण गरी एकीकृत प्रतिवेदन तयार गर्ने उद्देश्य सहित प्रतिवेदन तयार पारिएको जानकारी गराउनु भएको छ । मुख्यत प्रतिवेदनले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन तथा लैगिंक हिंसा, घरेलु हिंसा न्यूनीकरणका निम्ती अगामी दिनमा समाधानका थप रणनीति बनाउन सजिलो हुने उद्देश्य रहेको जनाइएको छ । संघकी अध्यक्ष हेमा सुनारले ओ. सि. एम. सि.(एकद्धार संकट व्यवस्थापन केन्द्र) को तथ्याङ्कलाई उर्दित गर्दै बर्दियामा मात्रै २०७९/ ८० मा २ सय ६७ जना मध्ये ५१ जना दलित महिला हिंसामा परेको तथ्यांक प्रस्तुत गर्नु भयो । यस्तै २०८०/२०८१ मा २ सय १० महिला हिंसा मध्ये ४७ जना दलित महिला रहेका छन भने २०८१/०८२ मा ७८ जना मध्ये ११ जना महिला हिंसामा परेको सुनारले जानकारी दिनु भयो ।

    तथ्यांक सर्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरिक्षक ऋषीराम घर्तिले जिल्ला प्रहरी कार्यलयमा आएको विभिन्न लैगिंक हिंसा सम्बन्धि मुद्धा बारे प्रकाश पार्नु भएको थियो । उहाँले अझैपनि दलित समुदायमा हिंसा न्युनिकरणका लागी सचेतनाको अवश्यकता रहेकोमा जोड दिनु भयो । कुनैपनि हिंसा न्युनिकरणका लागी सम्बन्धित समुदायका अगुवा वा प्रहरी मात्र नभई सबै जना हिसां रोकाथामका लागी हातेमालो गर्नु पर्ने सुझाव पेश गर्नु भयो ।

    प्रतिवेदन सार्वजनिक कार्यक्रममा माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमाल, शन्ति पुर्नस्थाना केन्द्रकी प्रमुख सपना शर्मा, बर्दिया जिल्ला अदालत बारएशेसियशन बर्दियाका अध्यक्ष खडानन्द तिवारी, महिला बालबालिका सेवा केन्द्र गुलरिया, लगायतले जिल्लमा महिला हिंसा एवं दलित महिला माथीको हिंसा लगायतका घटनाको प्रतिवेदन एवं न्युनिकरणका लागी सुझाव प्रस्तुत गर्नु भएको थियो । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 247
    प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार ११:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.