बर्दिया(मधुवन), माघ १४ गते / घरेलु हिंसामा परेका महिलाहरुलाई आर्थिक निर्भर बनाउनका लागी उद्यम विकास प्रवद्धनका लागि विउ पूजी वितरण गरिएको छ। समग्र विकाशका विकाशको अवरोध जातिय तथा लैङ्गिक विवेध भन्ने नाराका साथ बर्दिया को मधुवनमा तथा बाँसगढीमा बीउ पूजी वितरण कार्यक्रम माघ १० गते मधुवनमा सम्पन्न भएको हो ।


एफ जे एसको आर्थिक सहयोग र दलित महिला संघ बर्दियाको आयोजनामा भएको कार्यक्रममा दुवै पालिका गरी ६ लाख बरावरको २१ जनालाई विउ पूजी वितरण गरिएको आयोजकले जानकारी दिएको छ । समुहमा आवद्ध महिला दिदी बहिनीहरुलाई समूह मार्फत व्यवसाय सञ्चालन गर्नका निमित्त रकम हस्तान्तरण गरिएको दलित महिला संघ बर्दिया की संयोजक हिमा सुनारले बताउनु भयो । मधुवन तथा बाँसगढी नगरपालिकामा रहेका महिला दिदी बहिनी हरुलाई किराना पसल, बाख्रा पालन, कुखुरा पालन, भैसी पालन, टेलर संञ्चालन का साथै कस्मेटिक पसल जस्ता आर्थिक लाभ हुने किसीमका व्यवसाय सञ्चालन गर्न मद्दत मिल्ने सुनारले बताउनु भयो । मधुवनमा गरिएको कार्यक्रममा नगर प्रमुख तेज बहादुर भाटको हात बाट ३ लाख वरावरको चेक समुहमा आवद्ध महिलाहरुलाई हस्तान्तरण गरिएको थियो भने बाँसगढी नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख खडक बहादुर खडका बाट ३ लाख बरावरको चेक समुहमा आवद्ध महिलाहरुलाई हस्तान्तरण भएको सुनारले बताउनु भयो ।

कार्यक्रममा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले संस्थाले समस्यामा परेका स्थानियको आर्थिक उन्नतीका लागी गरेको राम्रो कामको प्रशंसा गर्दै आगामी दिनमा यस्ता कार्यले अझै निस्तरता पाउनमा आफू विश्वस्त रहेको बताउनु भयो ।
गत बर्षको २०८० साल फागुन महिनामा समेत मधुवन नगरपालिका अन्तर्गतका कालिका महिला समूह ,बबई महिला समूह, गुरांस महिला समूह , सहारा महिला समूह र ज्योती महिला समूह मा आवद्ध १५ जनालाई करीब २ लाख बढी को चेक हस्तारन्तान्तरण गरिएको समेत सुनारले जानकारी दिनुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा समुहमा आवद्ध महिलाहरु ले यस्तो सानो सानो रकमले हामीलाई धेरै सहयोग भएको बताए । आफूहरु समूहमा आवद्ध भई प्राप्त रकमले आफ्नो आम्दानीको बाटो आफै बनाउन प्रेरणा मिलेको समेत बताए ।




