• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चिनियाँ नाकाबाट आएको करोडौँको भेप बरामद

  •  टपेन्द्र कार्की
  • २०८१ पुष २८, आईतवार १०:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सशस्त्र प्रहरीले करोडौँ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गरेर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ। नेपाल–चीन सीमा नाकाबाट तस्करी भई आएको भेप बरामद गरी राजश्व अनुसन्धान विभागलाई बुझाइएको हो।

    यस विषयमा भने सशस्त्र प्रहरीले केही बोल्न चाहेको छैन। गत साता ललितपुरको इमाडोल शितलहाइटको गोदाममा भण्डार गरी राखिएको अवस्थामा भेप बरामद गरिएको थियो। स्रोतका अनुसार पुस २२ गते सो कार्यमा संलग्न हुन सक्ने आशंकामा दुई जना व्यक्ति पक्राउ गरिएपछि करोडौँ रुपैयाँ बराबरको सामान बरामद भएको हो।

    सुरुमा पाँच सयभन्दा बढी कार्टुनमा प्याक गरिएको अवस्थामा दुई ट्रक परिमाणको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। उक्त सामान तातोपानी नाकाबाट चोरी पैठारी गरी भन्सार छली गरी ल्याइएको आशंका गरिएको छ। सो भेपको बजार मूल्य अन्दाजी १५ करोडभन्दा बढी रहेको बताइएको छ।

    यसैगरी सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको दुर्घटनामा संलग्न गाडीमा समेत एक हजार चार सय थान भेप रहेको स्रोतको दाबी छ। सो विषयमा सर्लाही प्रहरी र राजश्व अनुसन्धान विभागमा पथलैयाले अनुसन्धान गरिरहेको जनाइएको छ। यस्तै बुटवल कार्यालयमा समेत भेप बरामद गरी अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

    केही दिनअघि मुस्ताङ प्रहरीले समेत कोरला नाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको १९ हजार थान भेप आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको र उक्त कार्यको समेत अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। सिल्क ट्रान्सपोर्टका सञ्चालकहरूले सो भेप ल्याएको प्रारम्भिक विवरणमा खुलेको बताइएको छ।

     

     

     

    साभार नागरिक

    Post Views: 180
    प्रकाशित मिति: २०८१ पुष २८, आईतवार १०:१९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.