बर्दिया, पुस २६ गते / आँखा उपाचार सेवामा प्रवाहमा निस्वार्थ भई पुर्याएको योगदानको उच्च कदर गर्दै बर्दियाका युवराज अधिकारी सम्मानित भएका छन ।


आज पुस २६ गते नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा भएको कार्यक्रममा बर्दिया मधुवन नगरपालिका बडा नं ८ का सामाजिक अभियन्ता युवराज अधिकारीलाई सम्मानित गरेको हो ।
नेपाल नेत्रज्याति संघको पुनित उद्देश्य प्राप्तिका लागि नेपाल नेत्रज्योति सं बर्दिया आँखा अस्पताल मार्फत आँखा उपचार सेवा प्रभावमा निस्वार्थ सेवाभावबाट अभिप्रेरित भई पुर्याएको योगदानको उच्च कदर गर्दै अधिकारी लाई सम्मान गरिएको आयोजकले जानकारी दिएका छन ।

सम्मान पत्र संगै अधिकारीलाई यशस्कर सदस्यता प्रदान गरिएको समेत आयोजकले जानकारी दिएका छन । सम्मान पत्रमा नेपालको अन्धोपन निवारण गर्ने अभियानमा अधिकारीले पुर्याएको उल्लेखनिय योगदानको नेपाल नेत्रज्योति संघ केन्द्रले सदा स्मरण गरिरहने समेत पत्रमा उल्लेख गरिएको छ । सम्मान कार्यक्रमा नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलले सम्मान पत्र प्रदान गरेका थिए ।




