• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीमा छिट्टै २ हजार कर्मचारीको विज्ञापन खुल्ने : मुख्यमन्त्री आचार्य

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २२, शनिबार १३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अर्घाखाँची, भाद्र २२ गते /  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र कर्मचारीको अभाव हटाउन झण्डै २ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारी भएको बताएका छन् ।

    मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेशभित्र दरबन्दी सर्वेक्षण गर्दा १९ सय ७५ कर्मचारी अभाव रहेको पाइएको बताइएको छ ।निजामती सेवा दिवस–२०८१ को अवसरमा कर्मचारी मिलन केन्द्रको समन्वयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लोकसेवा आयोगमार्फत विज्ञापन खुलेर पदपूर्ति भएपछि कर्मचारी अभावमा रोकिएका काम सुचारु हुने पनि बताए ।

    ‘कर्मचारी स्थायी सरकार भएकाले सेवाप्रवाहलाई छिटोछरितो, विश्वासिलो, जनउत्तरदायी बनाउन कर्मचारी पदपूर्ति गर्न लागिएको हो,’ उनले भने, ‘कर्मचारीप्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको छ । तसर्थ सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाह पनि पारदर्शी, जवाफदेही र उत्तरदायीपूर्ण हुनु जरुरी छ ।’

    कर्मचारी स्थायी सरकार भएकाले सेवा प्रवाह गर्दा नागरिकमैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी रहेको उनले बताए । कतिपय कामलाई कानुनको आड लिएर सेवाग्रहीलाई दुःख दिने, अल्मल्याउने जस्ता गतिविधि नगर्न उनले कर्मचारीलाई आग्रह गर्दै समस्या बल्झाउनतिर भन्दा निकास खोज्नेतिर लाग्नुपर्ने बताए । कर्मचारीले निःस्वार्थ रुपमा सेवा प्रवाह गर्न कुनै कञ्जुस्याइँ गर्न नहुने पनि उनको भनाइ थियो ।

     

     

     

    कान्तिपुर/साभार/वीरेन्द्र केसी

    Post Views: 169
    प्रकाशित मिति: २०८१ भाद्र २२, शनिबार १३:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.