• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षक, बिद्यार्थी हरितालिका तिजमा साथसाथ

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र १९, बुधबार २३:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, भाद्र १९ गते / भाद्र १८ गते मंगलबार बिहानै देखि कोहि आगो बाल्नका लागि दाउरा जुटाउन, कोहि चुलो बनाउन, कोहि पानी बोक्न जुटिरहेका थिए भने कोहि आलु ताछ्न,बन्दा काँक्रा काट्न र मसला पिस्न व्यस्त थिए ।केहि अलि ठूला केटाहरु पुलाउ र मासु पलाउने तयारी गर्दै थिए । छेउमा राखिएको साउन्ड बक्समा गित घन्किरहेको थियो ।
    त्यसै गरी खाना तैयार भए पश्चात खाना खुवाउनका लागि पनि सबैलाई भ्याई नभ्याई थियो । सबै रमाउँदै खाईरहेका थिएटर, कसैले पुलाउ, पुलाउ भनिरहेका थिए,कसैले मासु,कसैले अचार मागिरहेका थिए । थप्ने मानिसहरु उनीहरुको ईच्छा अनुसारको खाना थपिरहेका थिए । लाग्थ्यो कसैको बिवाह, ब्रतबन्ध वा यस्तै कुनै बृहत कार्यक्रम हुँदैछ ।


    हेर्दा रमाइलो लाग्ने यो वातावरण थियो ठाकुरबाबा नगरपालिका वार्ड नम्बर १ मा स्थित श्री जनचाहना आधारभूत डुम्रेनीमा हरितालिका तीजको अवसरमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुका लागि आयोजित तीजको दर खाने कार्यक्रमको ।
    हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दर खाने खुवाउने प्रचलन परम्परागत रुपमा चलिआएको परिप्रेक्ष्यमा यस बिद्यालयमा अध्ययनरत विविध कारणले बुवा आमा भन्दा टाढा भएका बालबालिकालाई मध्यनजर गरी स्थानीय समाजसेवी, शिक्षाप्रेमी,बुद्दिजीवी एवम् पूर्व विद्यार्थीहरु तथा शिक्षक स्टाफको सहयोगमा यस श्री जनचाहना आधारभूत विद्यालय डुम्रेनी मा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई दर खुवाउने कार्यक्रम मार्फत उनीहरुको मुहारमा खुशी थप्ने प्रयास गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत २ सय ५७ जना विद्यार्थी सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,जग्गादाता,पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारी,अभिभावक समेत गरी ३ सय जनाभन्दा बढिलाई सामुहिक दर खुवाईएको प्रधानाध्यापक यज्ञ नेपालले जानकारी दिनु भयो ।


    कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको कार्यक्रममा सहभागी सामाजिक अभियन्ता एवम् विद्यालयका संस्थापक चक्रबहादुर शाहीले बताउनु भयो ।
    कक्षा ७ मा अध्ययनरत यमुना शाहीले अत्यन्त रमाईलो ,संस्कृतिको बारेमा पढ्न बुझ्न सहयोग पुग्ने र दरखाँदा मामाघर गए जस्तै लागेको वताईन
    नर्सरीमा अध्ययनरत देव्यांश तिमिल्सैनाले कार्यक्रममा साह्रै रमाईलो लागेको वताए
    विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जन्मजय तिमिल्सैना,पूर्व प्रधानाध्यापक लक्ष्मी पैपेवर, जग्गादाता रुपानन्द न्यौपाने,ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का सदस्य सुविस्ता सार्कीले
    कार्यक्रम अत्यन्त समय सान्दर्भिक र घरमा दर खान नपाउने बालवालिकाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो ।
    बिद्यालयका सबै बालबालिकाहरुलाई सँगै राखेर यसरी दर खान र खुवाउन पाउँदा माईतमा सबै चेलिबेटी जम्मा भएर दर खाए जस्तो र घरमा विवाह, व्रतबन्ध जस्तो ठूलो कार्य सम्पन्न गरे जस्तो लागेको विद्यालयमा कार्यरत महिला शिक्षकहरुले वताउनु भयो ।

    Post Views: 571
    प्रकाशित मिति: २०८१ भाद्र १९, बुधबार २३:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.