ठाकुरबाबा, साउन १२ गते /किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना अन्तरगत ५ दिने तालिम ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा संचालन गरिएको कार्यक्रम आज सम्पन्न भएको छ।

राधाकृष्ण थारु जनसेवा केन्द्रको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र कोइकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो ।
तालिममा विशेषगरि किशोरकिशोरीहरुको यौन तथा स्वास्थ्य र अधिकार, बाल विवाह न्युनिकरण, किशोरावस्थाका परिर्वतन, सुरक्षित गर्भपतन, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, महिनावारीको बेलामा स्वच्छता व्यवस्थापन, चुरोट, रक्सी तथा लागुपदार्थ दुव्र्यसनीका विषयमा जानकारी गराईको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाईजर राजकुमारी चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा विवहा, वालविवाह, उमेर नपुगी हुने विवहा, सामाजिक मान्यता, विश्राम, लैङगिकताको आधारमा हुने हिंसा, खानाको समय, शक्ति, विशेषाधिकार, लैङगिक र रुपान्तरण दृष्टिकोण, नेपालका कानुन तथा नितिहरु लगायतका विषयमा प्रशिक्षकद्धय दुर्गा लक्ष्मी श्रेष्ठ र शिला शर्माले प्रष्ट पार्नुभएको हो ।
तालिममा ठाकुरबाबा ५ वनवीरपुर किशान माध्यामिक विद्यालयको सरस्वती इङलिस सेक्टरका कक्षा ६, ७ र ८ का १० देखि १९ वर्ष समुहभित्रका १० किशोर र १० किशोरी विद्यार्थी तथा ४ जना नवविवाहीत किशोरीहरुको सहभागिता रहेको थियो ।
तालिममा ४ जना नव विवाहित किशोरीहरुले विवाह हुनुपुर्वको अवस्था र विवहा भइसके पश्चात आइपरेका समस्या तथा आफुले भोगेका अनुभवहरु बताएका थिए ।
तालिम संचालन हुनुपुर्व र तालिम पश्चात किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि विभिन्न प्रश्नहरु हल गर्न दिइएको थियो ।
महिनावारीको समयमा गरिने असल अभ्यास, एचआईभि एड्स कसरी सर्छ, शारीरिक दुव्र्यहार, महिनावारी गडबडि, सङक्रमण तथा गर्वअवस्थामा सेवा कसरी र कहाँले लिने, प्रजनन् स्वास्थ्य सम्बन्धि मानव अधिकार कुन कुन हुन, यौन हिंसा के हो लगायतका विभिन्न प्रश्नहरुबाट उनीहरुको मुल्यांकन गरिएको थियो ।
साउन ७ गतेदेखि ११ गते ५ दिन सम्म संचालित तालिममा विशेष गरि यौन सङक्रमण, एच.आई.भी र एड्स, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैङगिकता, सामाजिक मान्यताहरु र लैङगिक समानता, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, किशोरावस्था, मित्रता र मायाँ प्रेम र प्रणय सम्बन्ध, महिनावारीको बेलामा स्वच्छता व्यवस्थापन लगायतका मुख्य उदेश्यहरुका विषयमा जानकारी गराईको हो ।
तालिम पुर्व सोधिएकामा उनीहरुले झण्डै ५६ दशमलव ९२ प्रतिशत प्रश्नको सहि उत्तर दिएका थिए भने तालिमको अन्त्यमा सोधिएको प्रश्नमा ९५ दशमलव २७ प्रतिशतले प्रश्नको सहि उत्तर दिएका राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाईजर राजकुमारी चौधरीले जानकारी दिनुभयो ।
तालिम पश्चात किशोर किशोरीहरुले आफ्ना समस्याहरु खुलेर भन्न सक्ने अपेक्षा गरिएको छ । किशोर किशोरीहरुले ५ दिनको तालिममा आफुहरुले धेरै कुरा सिक्न पाएको बताएका छन ।
उनीहरु खुशी हुँदै आगामी दिनमा पनि यस्ता तालिम संचालन भएमा सवै किशोर किशोरीहरु यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका विषयमा जानकार हुने बताएका छन । तालिमको प्रशिक्षण नेपालगंज भेरी अस्पतालका दुर्गा लक्ष्मी श्रेष्ठ र शिला शर्माले गर्नुभएको हो ।




