• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना अन्र्तगत बर्दियाका ५ पालिकामा परियोजनाको शुभारम्भ

  •  रामबहादुर थारु
  • २०८१ बैशाख २६, बुधबार १४:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, बैशाख २५ गते / किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना अन्र्तगत बर्दियाका ५ पालिकामा परियोजनाको शुभारम्भ भएको छ ।

    प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाकोे साझेदारी तथा कोइका परियोजनाको आर्थिक सहयोगमा ठाकुरद्धारामा मङगलबार परियोजनाको शुभारम्भ गरिएको हो ।

    परियोजनाले युवाहरुको १० बर्ष उमेरदेखि १९ बर्ष उमेर समुहका युवाहरुलाई लक्षित गरि समुदायमा यौन शिक्षाका बिषयमा जानकारी दिने उदेश्यले बर्दियाको ठाकुरबाबा, गुलरिया, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा परियोजना संचालन भइरहेको छ ।

    नेपालमा १० देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था मानिन्छ । किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकास हुन्छ ।

    यस अवस्थाका किशोर–किशोरीहरूले लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमा गहन असर पार्ने जोखिम धेरै हुन्छ । किशोर–किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरू धेरै हुन्छन् ।

    परियोजना शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि एवम् मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले स्वास्थ्य नै सबै भन्दा ठुलो कुरा हो, यदि स्वास्थ्य नै ठिक भएन भने केहि पनि गर्न सकिदैैन, शिक्षा र स्वास्थ्यमा गरिएको लगानी तत्काल नदेखिने भएको र त्यसको परिणाम आउन केहि समय लाग्ने बताउँदै बालबालिकाहरुको शिक्षा र स्वास्थ्य प्रति विशेष ध्यान दिनुपर्ने उनले बताए ।

    देश र समाज सुधारका लागि पहिले बालबालिका र किशोर किशोरीको स्वस्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने समेत भाटले भने । यस कुरामा ध्यान दिन सकेमा समुदाय सचेत हुनसक्ने र यसैगरि पछिल्लो समय लागु पदार्थ दुर्व्यसनी तथा बालविवाहलाई न्युनिकरण गर्न विशेष जोड दिनुपर्ने समेत नगरप्रमुख भाटले बताए।

    यस्तैगरि कार्यक्रममा बर्दिया स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बालबालिका र किशोर किशोरीमा लागनी गर्नुपर्ने र त्यसमा नैतिक शिक्षालाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

    प्लान इन्टरनेश्नल नेपाल क्षेत्रिय प्रवन्धक मीना पराजुलीले मानविय सहयोगका लागि विभिन्न प्रकोपहरु न्युनिकरणका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

    प्लान इन्टरनेश्नल कोरिया सहायक कार्यक्रम प्रवन्धक किम इरीले कार्यक्रममा सहभागी हुन पाएकोप्रति खुशी व्यक्त गर्दै किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सहयोग गर्नै प्रतिवद्धता जनाउनु भएको थियो ।

    राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले यौनका कुराहरु मानव जिवनमा नभइनहुने कुराभएको बताउँदेै यौनका कुराहरु समाजमा खुलेर बोल्ल नसकिएको, जसले गर्दा समाजमा हामीलाई प्रभावित बनाइरहेको उहाँले बताउनुभयो ।

    यस्तै बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नाकुमारी पाण्डेले सहयोगी संस्थाहरुलाई अभिन्न अंगको रुपमा लिएको बताउँदै सहयोगी संस्थाहरु प्रति धन्यवाद व्यक्त गर्नुभयो । यसैगरि गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले परियोजनाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

    प्लान इन्टरनेश्नल नेपाल क्षेत्रिय प्रवन्धक मीना पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको प्रमुख आतिथ्यता रहेको थियो ।

    यस्तै परियोजना शुभारम्भ कार्यक्रममा प्लान इन्टरनेश्नल सहायक कार्यक्रम प्रवन्धक किम इरी, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल, गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केशी, गुलरिया नगरपालिका नगर उपप्रमुख सावित्रा गौतम, बारबर्दिया नगरपालिका नगर उपप्रमुख रत्ना कुमारी पाण्डे, शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका सुर्य बहादुर खत्री, स्वास्थ्य कार्यलयका बर्दियाका प्रमुख गोकर्ण गिरी, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ लगायतको सहभागीता रहको कार्यक्रम संयोजक सुरज अर्यालले जानकारी दिनुभयो ।

    Post Views: 794
    प्रकाशित मिति: २०८१ बैशाख २६, बुधबार १४:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.