बर्दिया,पौष १३(माउण्टेनसमाचार) / शनिबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित गायक दुर्गेश थापा लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।


उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा शनिबार भोली चर्चित कलाकार आउँदैछन् । गायक दुर्गेश थापा, आरके थारु, गायिका एन्जिला रेग्मी, मोडल डान्सर पुनम चौधरी, मोडल प्रेरणा गिरी, नायक सौगात मल्ल, हास्यकलाकार कमलमणी नेपाल र डान्सर गु्रपका कलाकारहरुको शनिबार महोत्सवमा बेजोड प्रस्तुती रहनेछ ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव संचालन भईरहेको छ ।महोत्सवको आठौं दिन आज शुक्रबार चर्चित गायक चक्र बमले आफ्नो प्रस्तुतीमार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका छन् ।




