बर्दिया,पौष १२(माउण्टेनसमाचार) / भोली शुक्रबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित गायक चक्र बमलगायतका कलाकार आउने आयोजकले जनाएको छ ।

उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा शुक्रबार चर्चित कलाकार आउँदैछन् । गायक बम, डान्सर मोडल बविता ढकाल, सदिक्षा चौधरी र डान्सर गु्रपका कलाकारहरुको शुक्रबार महोत्सवमा बेजोड प्रस्तुती रहनेछ ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव संचालन भईरहेको छ ।




