बर्दिया,पौष ११(माउण्टेनसमाचार)/ भोली बिहीबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित गायक रमेशराज भट्टराईलगायतका कलाकार आउने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा बिहीबार चर्चित पाँच कलाकार आउँदैछन् ।

गायक भट्टराईको बिहीबार महोत्सवमा बेजोड प्रस्तुती रहनेछ । त्यसैगरी चर्चित गायिका अनिता चलाउने, मोडल डान्सर टिका जैशी, अनुश्का चौधरी र हास्यकलाकार सत्यनारायण चौधरीको बिहीबार प्रस्ती रहने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिएका छन् ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव संचालन भईरहेको छ । आज बुधबार महोत्सवको छैठौं दिन गायक प्रमोद खरेलले चर्चित गित गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन गराएका छन् ।




