बर्दिया,पौष ९(माउण्टेनमाचार) / चर्चित गायिका र गायकले गुलरिया महोत्सव तताएका छन् । गुलरियामा संचालित प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा लोकप्रिय गायिका एलिना चौहान,गायक रामजी खाड र राज कुश्मीले सोमबार महोत्सवको महोल तताएका हुन् ।


तीनै गायकहरुले बेजोड प्रस्तुती दिएका छन् । गायकहरुको प्रस्तुतीमा दर्शकहरु भरपुर मनोरन्जन लिएका छन् । गायकहरुले गित गाउँदा दर्शकहरु खुलेर नाचेका छन् । सोमबार महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

महोत्सवमा भरिभराउँ दर्शक हुँदा कलाकारहरुमा झन् उर्जा थपिएको थियो ।
गायक खाडले जम भन्यो लाहुरे ले,पहिलो भेटमै पारदियो भुतुक्कै, सलल बग्ने गण्डकीलगायत गित गाएका थिए । गायिका चौहानले तिम्रै माया लाग्छ बरिलाई, जुनि भरिलाई रुवाई गयो तिमी, अझै पनि मनमा छौ तिमी, धोके बाज हौ तिमीलगायत गित प्रस्तुत गरेकी थिईन् । त्यसैगरि कुश्मीले थारु तथा भोजपुरी गाएर दर्शकहरुलाई नचाएका छन् ।
महोत्सव अवधिभर लोकप्रिय कलाकारहरुको प्रस्तुतीमार्फत दर्शकहरुलाई यस्तै भरपुर मनोरन्जन गराउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी गराएका छन् । दर्शकहरुको माग अनुसारका कलाकार गुलरिया महोत्सवमा ल्याईरहेको उनले जानकारी दिएका छन् ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि)संचालन भईरहेको छ ।




