• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

देउवाको परिवारमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, प्रमाण मेटिने शंकाले घर भत्काउन रोक

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १५, आईतवार १२:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+
    वालेन्द्र शाह नेतृत्वको सरकारले फरकफरक कसुरमा दलका नेता र परिवारमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवार पनि निगरानीमा परेको छ ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ परेपछि देउवा परिवारमाथि पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा प्रहरीले अनुसन्धान थालेको स्रोतको भनाइ छ ।

    तर, देउवा दम्पत्ती यतिखेर देश बाहिर छन् । चुनावअघि सिंगापुर गएका उनीहरू केही दिनअघि हङकङ आइपुगेका थिए ।

    केही दिनमै नेपाल फर्किने दाबी उनीहरूको थियो । तर, सम्पत्ति शुद्धीकरण र जेन–जी आन्दोलन प्रकरणमा नेताहरू धमाधम पक्राउ पर्न थालेपछि देउवा दम्पत्तिको नेपाल आउने कार्यक्रम अनिश्चत बन्ने देखिएको छ ।

    यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा आरजु राणा देउवामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न खोजिएको थियो । तर, यसपटक आरजुमाथि पनि अनुसन्धान गर्ने, सम्पत्ति शुद्धीकरणको अनुसन्धान नयाँ सरकार अगाडि बढ्ने देखिएको छ । स्रोतका अनुसार देउवाको परिवारको मसिनो गरी विवरण गर्ने काम सुरु गरिएको बुझिएको छ ।

    जेन–जी आन्दोलनका क्रममा २४ भदौमा बूढानीलकण्ठस्थित देउवानिवास लुटपाट र आगजनी गरिएको थियो । देउवाको निवासमा ठूलो परिणाममा पैसा भेटिएको, कतिपय जलेको दाबी गरिएको छ ।

    ६ रोपनी बढी क्षेत्रफलमा रहेको जग्गामा बनेको घर भत्काउने थालिएको थियो । तर, घर भत्काउँदा प्रमाण पनि नष्ट हुन सक्ने आशंकामा रोक लगाइएको बुझिएको छ ।

    प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी २०४८ सालयताको नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नको लागि अधिकार सम्मपन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय सरकारले गरेको छ ।

    पहिलो चरणमा २०६२ सालयतका र दोस्रो चरणमा २०४८ सालेदेखि २०६२ सालसम्मको छानबिन गर्ने घोषणा सरकारले गरेको छ ।

     

     

     

    साभार शिलापत्र

    Post Views: 65
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १२:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.