• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालेनले शपथ लिँदा छातीमा लगाएको के हो?

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले छातीमा एक विशेष खालको ‘ब्याज’ लगाएको देखियो।

    उनले लगाएको ब्याज किराँती संस्कृतिमा लगाइने ‘सिलाम साक्मा’ हो।

    बालेनले मात्र होइन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका सुहाङ नेम्वाङ लगायत अन्य केही सांसदहरूले पनि किराँती संस्कृतिको यस्तो ब्याज लगाएका थिए।

    किराँती संस्कृतिमा यस्तो ब्याज किन लगाइन्छ भन्नेबारे हामीले मुन्दुमविद् यासेली योङहाङसँग कुरा गरेका छौं।

    उनका अनुसार सिलाम साक्मा लिम्बू संस्कृतिसँग सम्बन्धित धार्मिक चिह्न हो।

    यो तीनवटा शब्दबाट बनेको छ — सि, लाम र साक्मा। लिम्बू भाषामा ‘सि’ भनेको मृत्यु हो भने ‘लाम’ भनेको बाटो र ‘साक्मा’ भनेको छेक्नु हो।

    यस आधारमा सिलाम साक्मा भन्नाले ‘मृत्युको बाटो छेक्ने’ भन्ने बुझिन्छ। लिम्बू समुदायमा यसलाई मृत्युको बाटोसँग सम्बन्धित प्रतीकका रूपमा विश्वास गरिने योङहाङले जानकारी  दिएको छ ।

    उनका अनुसार सिलाम साक्मामा तल ९ र माथि ९ गरी कुल १८ वटा भुवनको परिकल्पना जोडिएको छ।

    मुन्दुममा मानव उत्पत्तिसँग जोडेर पनि यसको व्याख्या गरिएको छ। यस अनुसार तल्लो भुवनमा आठ जना र माथिल्लोमा नौ जना रहेको मान्यता छ। बीचमा एक जना चेलीको मृत्यु भएको कथा जोडिन्छ। र, यी सबैलाई समेटेर तल नौ र माथि नौको संरचना बनाइएको विश्वास गरिन्छ।

    त्यसैले यो प्रतीकले पुर्खाहरूको सम्झना र संरचनात्मक विश्वासलाई पनि जनाउने उनको भनाइ छ।

    ‘परम्परागत रूपमा, ‘सि लाम साक्मा’ काँचो सेतो धागोबाट मात्र बनाइन्थ्यो। अहिले सजावटका लागि विभिन्न रङका धागो र फूलहरू प्रयोग गर्ने चलन देखिन्छ,’ उनले भने, ‘यसलाई शुद्ध परम्परागत अभ्यास मानिँदैन।’

    योङहाङका अनुसार, खासगरी पूजाआजा गरेर यसलाई घरको ढोकामा झुन्ड्याएर राख्दा अनिष्ट, रोगव्याधि र नकारात्मक शक्तिहरू टाढा रहन्छन् भन्ने विश्वास लिम्बू समुदायमा छ।

    २०७९ सालमा बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुँदा सुनसरीको धरानमा हर्क साम्पाङ मेयर निर्वाचित भएका थिए। संयोगले यी दुवै स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न लौरो थियो।

    त्यति बेला हर्कले धरानबाट काठमाडौं पुगेर महानगर कार्यालयमै बालेनसँग भेट गरेका थिए र बालेनलाई सिलाम साक्मा पहिर्‍याइदिएका थिए।

     

     

     

    साभार सेतोपाटी

    Post Views: 84
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १६:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.