• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालका ८ खेलाडीले खेल्ने भए बेल्जियमका इयू टी-२० लिग

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ११, बुधबार १२:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका ८ जना खेलाडी बेल्जियमको इयू टी-२० लिगका लागि आवद्ध हुन सफल भएका छन्। नेपालको लिगबाहेक एकै पटक यति संख्या नेपाली खेलाडीले खेल्न लागेको यो पहिलो विदेशी लिग हो।

    मंगलबार राति बेल्जियमको राजधानी ब्रसेल्समा भएको ड्राफ्टबाट ६ जना खेलाडीलाई टोलीले आबद्ध गरेका हुन्। यसअघि दुई जना खेलाडीलाई टोलीहरूले पहिले नै छनोट गरिसकेका थिए।

    यसअघि सन्दीप लामिछानेलाई लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरीलाई जेबी ब्रुजले टोलीमा आबद्ध गरेका थिए।

    मंगलबार भएको ड्राफ्टमा कप्तान रोहितकुमार पौडेललाई ग्लेन्ट ग्लाडियटर्सले टोलीमा भित्र्यायो।

    विकेटकिपर ब्याटर आसिफ शेखलाई आन्थ्रोप एंकर्सले लिएको छ।  ड्राफ्टअघि दीपेन्द्रलाई आबद्ध  गरेको जेबीले थप चार नेपाली खेलाडी ड्राफ्टबाट भित्र्यायो। जसमा अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे छन्। ड्राफ्टमा २२ जना खेलाडीले नाम दर्ता गराएका थिए।

    कुन टोलीमा को नेपाली खेलाडी?
    आन्थ्रोप एंकर्स –  आसिफ शेख
    ग्लेन्ट ग्लाडिएटर्स  – रोहित पौडेल
    एक्सेल युनाइटेड –
    जेबी ब्रुज – दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डे
    लिएज रेड लायन्स – सन्दीप लामिछाने

    जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी) को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।

    इयू टी-२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो। बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म आयोजना हुनेछ।

    नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोर्ट्सले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ।

    एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख शहरहरू प्रतिनिधित्व गर्ने ५ फ्रेन्चाइज टिमहरूले राउन्ड-रोबिन लिग चरण खेल्छन्, त्यसपछि शीर्ष चार टिमहरूले प्लेअफमा प्रतिस्पर्धा गर्छन्। यसअघि ६ टोली भनिए पनि अहिले ५ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्।

    सहभागी टोलीमा जेबी ब्रुजसहित आन्थ्रोप एंकर्स, ग्लेन्ट ग्लाडिएटर्स, एक्सेल युनाइटेड र लिएज रेड लायन्स छन्।

    प्रत्येक टिममा १८ खेलाडी हुनेछन्। जसमा कम्तीमा ४ खेलाडी बेल्जियन (सुरुवाती-११ कम्तीमा २ जना अनिवार्य), ४ खेलाडी एसोसिएट टोलीका, ४ खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र  ६ जना ‘भेट्रान’ (अनुभवी पूर्ण सदस्य राष्ट्रका खेलाडी, जसले पछिल्लो २ वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्) हुने बताइएको छ।

    इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गन ग्लोबल ब्रान्ड एम्बेसडर छन्। मोर्गनले मंगलबार भएको ड्राफ्टमा पनि उपस्थित हुँदै शुभकामना दिएका थिए।

     

     

     

    साभार सेतोपटी

    Post Views: 57
    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.