• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पाँच देशसँग नेपालको व्यापार घाटा १० खर्ब

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र ९, सोमबार १३:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार छिमेकी मुलुक भारत, चीनसहित पाँच ओटा देशसँग मात्रै नेपालको व्यापार घाटा झन्डै १० खर्ब रुपैयाँ व्यहोरेको छ ।

    गत फागुन मसान्तसम्ममा नेपालले भारतसँग पाँच खर्ब ६७ अर्ब ३९ करोड व्यापार घाटा व्यहोरेको छ । यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब छ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

    यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात गर्दा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ ।

    नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इण्डोनेसिया, लगायतका देशहरु रहेका छन् ।

    अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ७५ अर्ब रुपैँया बढि ब्यापार घाटा बेहोरेको छ भने संयुक्त अरब इमिरेट्ससँग नेपालले ४४ अर्ब ४१ करोड रहेको छ त्यस्तो इण्डोनेसियासँग १४ अर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।

    अन्य विभिन्न मुलुकसँग पनि नेपालले व्यापार घाटा व्यहोरेको छ ।

    समग्रमा हेर्दा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा मुलुकले करिव ११ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा व्यहोरेको छ ।

    विभागकाअनुसार पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको छ ।

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको देखिन्छ ।

    नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्या लगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।

    इन्धन आयात सबैभन्दा बढी 

    समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागकाअनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।

    यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाखको सुन, १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ ।

    नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।

    नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची, ६ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, छ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

    भन्सारको तथ्यांकअनुसार नेपालमा खाद्यन्नमा परनिर्भता झन् चुलिँदै गएको देखिएको छ । समीक्षा अवधिमा नेपालले गरेको वस्तु आयातको सूचीमा चामल सबैभन्दा ठूलो अंश ओगट्ने खाद्यान्न वस्तु बनेको छ ।

    धान, चामल र बासमती चामलको कुल आयात यस अवधिमा २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो २४ अर्ब ३६ करोड रुपैयाँ थियो ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 104
    प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार १३:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.