• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

रवि लामिछानेको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १, आईतवार १२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / रास्वपा सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइका लागि पेशी तोकिएको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सांरगा सुवेदी र  सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले पूर्ण सुनुवाइका लागि पठाएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।

    महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

    उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।

    सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र यसबाट मुलुकलाई अपूरणीय क्षति पुग्ने रिटमा उल्लेख गरिएको छ ।

    मिलापत्र गर्न नमिल्ने संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने जिकिरसमेत गरिएको छ ।

    Post Views: 89
    प्रकाशित मिति: २०८२ चैत्र १, आईतवार १२:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यौनहिंसापीडितका लागि आशाको केन्द्र बन्दै सामाजिक सञ्जाल
    इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन
    रुकुम पूर्वका डीएसपी यादव छानबिनमा, एसपीको नेतृत्वमा समिति गठन
    ताजा अपडेट
    • १. यौनहिंसापीडितका लागि आशाको केन्द्र बन्दै सामाजिक सञ्जाल

    • २. रवि लामिछानेको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

    • ३. इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन

    • ४. रुकुम पूर्वका डीएसपी यादव छानबिनमा, एसपीको नेतृत्वमा समिति गठन

    • ५. बर्दियामा ३ पूर्वमन्त्रीसहित ३० उम्मेदवारको जमानत जफत

    चर्चित
    • १. बर्दियामा ३ पूर्वमन्त्रीसहित ३० उम्मेदवारको जमानत जफत

    • २. रवि लामिछानेको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

    • ३. यौनहिंसापीडितका लागि आशाको केन्द्र बन्दै सामाजिक सञ्जाल

    • ४. रुकुम पूर्वका डीएसपी यादव छानबिनमा, एसपीको नेतृत्वमा समिति गठन

    • ५. इरान युद्ध : अमेरिकाद्वारा आफ्ना नागरिकलाई मध्यपूर्वका १४ देश छाड्न निर्देशन

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.