बर्दिया / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाका विभिन्न मतदान केन्द्र तथा मातहत कार्यालयहरूमा खटिएका निर्वाचन प्रहरीलाई विदाई गरिएको छ।

आज जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूलाई औपचारिक रूपमा विदाई गर्नुभएको हो।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पौडेलले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले निर्वाचन अवधिभर अनुशासन, समन्वय र कर्तव्यनिष्ठाका साथ काम गरेकोमा सबै प्रहरी कर्मचारीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।
निर्वाचन सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गरी हाल मूल कार्यस्थलतर्फ फर्कने क्रममा विदाई कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।



तस्विर/ जिल्ला प्रहरी कार्यालय बर्दिया




