• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल-भारत सम्बन्ध थप सुमधुरको संकेत, मोदीले रवि र बालेनसँग गरे कुराकानी

  •  माउण्टेन संवाददाता
  • २०८२ फाल्गुन २६, मंगलवार २१:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / नेपाल र भारतबीचको सम्बन्ध थप सुमधुर हुने संकेत मिलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधि सभा निर्वाचनको मत परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेनसँग टेलिफोन वार्ता गरेसँगै यो संकेत मिलेको हो ।

    मोदीले मोदीले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै टेलिफोन वार्ता भएको जानकारी दिए । एक्समा मोदीले दुई नेतासँग ‘न्यानो’ वार्ता भएको भन्दै निर्वाचनमा उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाइ दिएको बताएका छन् ।

    मोदीले त्यस्तै आगामी नयाँ सरकार गठनका लागि आफूले शुभकामना दिएको उनले लेखेका छन्। दुवै देशको आपसी समृद्धि, प्रगति र कल्याणका लागि भारत उनीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश आफूले दिएको पनि मोदीले बताएका छन् ।

    मोदीले नेपाली भाषामै एक्समा लेखेका हुन्, यस्तो लेखेका छन् मोदीलेः
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र  रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो। वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धतासमेत व्यक्त गरेँ। हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।

    मोदीले सामाजिक सञ्जालमा टेलिफोन वार्ताबारे लेखेसँगै रास्वपा सभापति रवि लामिछानेले पनि प्रधानमन्त्द्र मोदीलाई धन्यवाद दिँदै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा रहेको बताएका छन् ।

    मोदीको सोही पोस्टमा जबाफ फर्काउँदै रविले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू, तपाईंको शुभकामना र नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्नुभएकोमा धन्यवाद । रास्वपा र हाम्रो सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहनेछ। यसका लागि रास्वपाले विकास कूटनीतिलाई प्राथमिकता दिनेछ।’

    अंग्रेजी भाषामा जवाफ फर्काउँदै रविले सहकार्य अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा राखेको पनि बताएका छन् ।

    रविले लेखेका छन्,’सडक तथा अन्य पूर्वाधारमार्फत सम्पर्क विस्तार, सांस्कृतिक पर्यटन, ऊर्जा तथा व्यापारका क्षेत्रमा दुई देशको सहकार्यलाई अझ सुदृढ गर्दै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा छ जसले दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्नेछ ।

    ओलीले बिगारेको सम्बन्ध बालेनले सुधार्ने अपेक्षा
    चार पटकका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिगारेको सम्बन्ध अबका प्रधानमन्त्री बालेनले सुधार्ने अपेक्षा गरिएको छ ।

    ओलीले भारतमाथि जथाभावी आरोप लगाउँदै आएका थिए । उनले जसरी नेपालका राजनीतिक दल तथा नेताहरूलाई आरोप लगाउँदै भाषण गर्छन् त्यही शैलीमै भारतलाई पनि गाली गर्दैै आएका थिए ।

    कूटनीतिक सम्बन्ध जोगाउन नसकेका ओलीकै व्यवहारका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले ओलीलाई बेवास्ता गर्दै आएको थियो ।

    २०७२ सालदेखि भारतले नेपाललाई त्यतिराम्रोसँग ग्रहण गर्न सकेन । त्यसको प्रमुख कारण ओली नै थिए । १० वर्षको अवधिमा ओली चार पटक प्रधानमन्त्री भए ।

    ओलीकै पालामा मुलुकले नाकाबन्दी बेहोर्नु पर्यो । त्यस्तै ओलीले बढी राष्ट्रियता देखाउने भावमा चुच्चे नक्सा सार्वजनिक गरेसँगै भारतबाट नेपालले थप मार खेप्नु पर्यो ।

    कूटनीतिक विषयलाई कूटनीतिक शैलीमै समाधान गर्नुपर्नेमा ओलीले नयाँ नयाँ स्टन्टको प्रयोग गरेर मुलुकलाई भड्खालोमा हालेका थिए । ओलीलाई भारत पनि चाहिने तर प्रवृत्ति भने हेप्ने भएसँगै भारतले दूरी टाढा राखेको थियो ।

    ओली आफ्नो पछिल्लो कार्यकालको अन्तिम समयमा मात्र भारत भ्रमणमा जान पाएका थिए । जबकि उनको चाहना अन्य कुनै देशमा नगइ पहिले भारतमै जाने भन्ने रहेको थियो ।

    भारतले नेपालमा सुशासनको पाटो महत्वपूर्ण रूपले हेरिरहेको थियो । ओलीका पालामा सबैभन्दा बढी भ्रष्टाचार हुनुले पनि (ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन) भारतको दृष्टिकोण बदलिएको थियो ।

    अनि ओलीकै कारण जेन–जी आन्दोलन भएको थियो भने एकैदिन १९ समेत गरी त्यो आन्दोलनको मारमा ७६ जनाको ज्यान गयो ।

    मोदीले जेन–जी आन्दोलनमा मारिएकाहरूप्रति शोक व्यक्त गरेका थिए ।

    अहिले सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले समयमै शान्तिपूर्वक प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेको छ ।

    त्यसको परिणामले नयाँ जनादेश दिएको छ । रास्वपाले स्पष्ट बहुमत हासिल गरेकाले एकल सरकार बनाउने म्यान्डेट पाएको छ ।

    रास्वपाको अब बन्ने सरकारप्रति भारतीय प्रधानमन्त्री मोदीले विश्वास पनि राखेका छन् । सन् २०१४ देखि भारतको प्रधानमन्त्री रहेका मोदीले ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा भोगे ।

    सत्तामा जानका लागि तीन नेताले आपसमा दुईले समझदारी गर्दै आए । अर्थात् नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र (हाल विभिन्न दल जोडिएर बनेको नेपाली कम्युनिष्ट पार्टी) मध्ये दुई पार्टी मिलेर सत्तामा जाने अनि बाँकी रहेको एउटा पार्टी प्रमुख प्रतिपक्षी बन्ने खेल भइरह्यो ।

    यो प्रक्रिया नेपाली जनतालाई त चित्त बुझेको थिएन नै भारतलाई पनि चित्त बुझेको थिएन । यसले निकास नदिने निश्चित थियो । भ्रष्टाचार यिनै तीन नेता र तीन दलप्रति घुमिरह्यो ।

    अबको सत्ता यी तीन दलभन्दा बाहिरबाट पाँच वर्षका लागि बन्दै गर्दा भारतले पनि सहकार्य र थप सुमधुर सम्बन्धको अपेक्षा गरेको हुनुपर्छ । मोदीले आफैँले बालेन र रविसँग टेलिफोन वार्ता गरी सहकार्यको हात अगाडि बढाएका छन् । यो नेपालका लागि सकारात्मक पक्ष हो ।

    नेपाल भारत सम्बन्ध परापूर्व कालदेखि नै छ । छिमेकी हुनुको नाताले पनि सुमधुर सम्बन्ध जरुरी छ । हरेक विषयमा भूराजनीति जोड्नु उपयुक्त हुँदैन । आफूलाई चित्त बुझेका बेलामा रोटी–बेटीको सम्बन्ध भनिदिने अनि चित्त नबुझेका बेलामा राष्ट्रभक्ति देखाएको भ्रम छर्ने नेपाली नेताहरूका कारण नै नेपालको विदेश नीति कमजोर हुँदै आएको छ ।

    बालेनले त्यो गल्ती गर्ने छैनन् भन्ने आशा गरौँ । सम्बन्ध भारतसँग मात्र हैन अन्य छिमेकी देशहरूसँग पनि सुमधुर बनाउनु जरुरी छ ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 103
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार २१:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.