• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

  •  माउण्टेन संवाददाता
  • २०८२ माघ २९, बिहीबार १०:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।

    बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए ।

    बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए ।

    स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ ।

    बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ । सूचना अधिकारी मल्लले भने ,“पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरङ्ग सेवा (ओपिडी) सेवा लिन पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ ।”

    हाल स्वास्थ्य बिमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपिडी सेवामा नै खर्च भइरहेको छ । यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीको आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन् ।

    बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गरे ।

     

     

     

    साभार देशान्तर

    Post Views: 82
    प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १०:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चुनाव हुन मात्र २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
    बर्दियाको बढैयाताल गाँउपालिका बाड नं ४ मा रहेको सुन्दर बढैयाताल मनोरम दृश्य, यस तालमा हजारौ किलोमिटर टाढाबाट साइवेरिन चरा देखि सारस लताउतका चराहरु आउने गरेका छन । तालको भुभाग अतिक्रमण बढे संगै तालमा चराहरुको आगमन पछिल्लो क्रममा एकदमै कमि आएको छ । तस्वीर/दीपकलाल श्रेष्ठ
    नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा
    ताजा अपडेट
    • १. चुनाव हुन मात्र २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

    • २. बर्दियाको बढैयाताल गाँउपालिका बाड नं ४ मा रहेको सुन्दर बढैयाताल मनोरम दृश्य, यस तालमा हजारौ किलोमिटर टाढाबाट साइवेरिन चरा देखि सारस लताउतका चराहरु आउने गरेका छन । तालको भुभाग अतिक्रमण बढे संगै तालमा चराहरुको आगमन पछिल्लो क्रममा एकदमै कमि आएको छ । तस्वीर/दीपकलाल श्रेष्ठ

    • ३. स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    • ४. नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा

    • ५. कांग्रेस प्रवक्तालाई प्रश्न- घोषणा पत्र कहिले आउँछ?

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.