• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्मृतिमा त्यो माघ १९ गते

  •  राजेन्द्रप्रसाद धिताल/ प्राध्यापक, मध्यपश्चिम विश्वविद्यालय
  • २०८२ माघ १९, सोमबार १३:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०५९ माघ १९ गते तत्कालीन राजा श्री ५ ज्ञानेन्द्र शाहले नेपाल अधिराज्यको संविधान २०४७ लाई समाप्त गर्नुभयो।नेपालको राजनैतिक इतिहासमा यो दोस्रोपटक गरिएको कु थियो।यस अघि२०१७ सालमा श्री ५ महेन्द्रले यस्तै जनता र राष्ट्र विरोधी काम गर्नुभएको थियो।

    इतिहासको लामो कालखण्ड जनताले निरङ्कुश शासनको विरुद्ध संघर्ष गरेको जीवित यथार्थलाई ज्ञानेन्द्र शाहले बुझ्न सक्नुभएन ।उहाँले पनि आफ्नो पिताले रोजेको पश्चगामी बाटो रोज्नु भयो।परिणाम के भयो ,हाम्रो सामु छदैछ । राति शाही घोषणा भयो।अब के हुन्छ ?सर्वत्र अन्योल र आशङ्का थियोे ।

    आकाश टन्न कुहिरोले ढाकिएको थियो,मानौ प्रकृति असन्तुष्ट छ।बिहान म गुलरिया शहरको मुख्य चोक राधाकृष्ण चोकमा निस्किए।चोकको एक चिया पसलमा नेपाली काङ्ग्रेसका नेता तेजबहादुर भाट ,यज्ञ मजगैया ,तत्कालीन अवस्थामा काङ्ग्रेस प्रजातान्त्रिकका नेता विद्याप्रसाद खनाल ,गुलरिया नगर प्रमुख गोविन्द पाण्डे लगायतका नेताहरू भेटिनुभयो।सबैमा एक प्रकारको उत्सुकता ,आशङ्का,दुबिधा र क्षोभको भावना प्रष्ट देखिन्थ्यो। त्यो दिन गुलरियामा नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन चलिरहेको थियो।

    दिउँसो म पत्रकारका रूपमा त्यो कार्यक्रममा सहभागी थिए।त्यतिबेला श्री सुशीला गिरी प्रकाशक र म सम्पादक भएर बर्दिया समाचार साप्ताहिक पत्रिका प्रकाशन गर्थ्यौ।काङ्ग्रेस पार्टीको सो कार्यक्रममा म,मेघराज सिग्देल ,कृष्ण भण्डारी ,प्रताप गौतम लगायका साथीहरु थियौं ।

    कार्यक्रम चलिरहेको ठाउँमा एक जना सुरक्षाकर्मी साथी आउनु भयो हामीलाई जिल्ला प्रशासन कार्यलयमा लिएर जानुभयो । त्यतिबेला राधाकृष्ण चोक स्थित गेष्टहाउसबाट जिल्ला प्रशासन कार्यलयको काम हुन्थ्यो।माओवादीको आक्रमणको त्राश त्यत्तिकै थियोे ।पत्रकारिता चुनौतिपूर्ण थियो।

    हामी जिल्ला प्रशासन कार्यालय पुग्यौं ।प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल हुनुहुन्थ्यो ।कविता लेखनमा रुचि राख्ने र साहित्यमा निर्दयी उपनाम लेख्ने उहाँसग मेरो साहित्यिक सम्बन्ध पनि थियो।तर त्यो दिन उहाँ यथार्थमा निर्दयी प्रतीत हुनुहुन्थ्यो ।जहाँ हामीलाई बोलाइयो,सुरक्षा अङ्गका सबै प्रमुखहरुको उपस्थिति थियो।सबैको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले हामीलाई राजनीतिक परिवर्तन भएको व्यहोरा अवगत गराउनु भयो।

    हामीलाई अब निर्देशित पत्रकारिता गर्नुपर्ने आसय प्रस्तुत गर्नुभयो ।विशेष गरी स्थानीय सम्पादकहरुलाई उहाँले दिनु भएको अभिव्यक्ति हेर्न लायक थियो।नरम व्यक्तिको निर्मम अभिव्यक्ति। मलाई थाह थियो,यो उहाँकोअभिव्यक्ति थिएन,यो त निरङ्कुश सत्ताको अभिव्यक्ति थियो।निरङ्कुश सत्ताले पहिलो आक्रमण प्रेसलाई गर्छ भन्ने त्यो प्रथम र यथार्थ प्रमाण थियो,जुन हामीले प्रथम दिनमै अनुभूत गरेका थियौं ।

    Post Views: 228
    • राजनीति
    प्रकाशित मिति: २०८२ माघ १९, सोमबार १३:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.