• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा फेरियो नयाँ लिङ्गो

  •  माउण्टेन संवाददाता
  • २०८२ आश्विन ७, मंगलवार ११:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जुम्ला/ कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक स्थल जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको दिन परम्पराअनुसार नयाँ लिङ्गो फेरिएको छ। सोमबार चन्दननाथ मन्दिरमा ५२ हातको र भैरवनाथ मन्दिरमा ४८ हातको नयाँ लिङ्गो ठड्याइएको हो।

    चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार, मन्दिरमा लिङ्गो ठड्याएपछि मात्रै जुम्लावासीले आ-आफ्नो घरमा घटस्थापना गर्छन्। वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि देवीदेवताले प्राकृतिक विपद्बाट रक्षा गरून् भन्ने विश्वासका साथ ५२ हाते लिङ्गो राखिने प्रचलन रहेको छ।

    लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सी धानको सिक चढाउने परम्परा रहेको छ। यसले मार्सी धानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास गरिन्छ।

    दशकअघिसम्म कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो। जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा र मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्रीहरू ल्याइन्थ्यो। तर, अहिले यो परम्परा रोकिएको मन्दिर गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताएका छन्।

    मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको छ, जसअनुसार सोमबार स्थानीयहरूले घरघरमा घटस्थापना गरेका छन्।

     

    Post Views: 138
    प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार ११:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.