• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पूर्वराष्ट्रपति विद्यादेवी राजनीतिमा आएर एमाले अध्यक्ष हुनसक्ने ओलीको बोली डिपफेक नभई सक्कली

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र १०, मंगलवार ११:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / सोमबार देखि सामाजिक सञ्जालका माध्यमहरूमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ताको एक क्लिप भाइरल बनिरहेको छ । धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीले बोली फेर्ने गरेको भन्दै आलोचना गरिरहेका छन् भने कतिपयले डिपफेक हुन सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।

    तर टेकपानाले गरेको चेकजाँचमा भिडिओ क्लिप डिपफेक नभई सक्कली नै रहेको पाइएको छ । करिब २ वर्षअघि अर्थात् २३ सेप्टेम्बर २०२३ मा प्राइम टाइम टेलिभिजनको युट्युब च्यानलमा अपलोड भएको भिडिओ अन्तर्वार्ताको १ घण्टा २० मिनेट ५५ सेकेन्डमा भाइरल भइरहेको उक्त क्लिप भेटिएको हो ।

    पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किन लाग्दा प्रधानमन्त्री ओलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने तर्क गर्दै आइरहेका छन् । अहिलेको उकनो अडानभन्दा ठिक विपरीत लाग्ने भिडिओ क्लिप सामाजिक सञ्जालमा आएपछि कतिपय प्रयोगकर्ताले डिपफेक हो कि वास्तविक हो भन्ने दुविधा पालेको देखिन्छ ।

    भाइरल अन्तर्वार्ताको क्लिपमा पत्रकार ऋषि धमलाले सोधेका छन्, “त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटम लाइन होइन ?”

    जवाफमा ओलीले भनेका छन्, “कसरी बटम लाइन हुन्छ, उहाँको खुसीको कुरा हो नि । राजनीति कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन । ” पूर्व राष्ट्रपतिलाई काँग्रेस कुनै अर्को वा एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाइने भन्दै ओलीले राष्ट्रपति हुनु अघि र भएपछि राजनीतिमा आउन सक्ने कुरा खुलेर बताएका छन् ।

    साभार/ टचपाना

    Post Views: 203
    प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार ११:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.