• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रदेश स्तरीय श्रव्य दृष्य वक्तृत्वकलामा नेरा मा.वि. धनौराका छात्रा भट्टराई दोस्रो स्थान

  •  हरि गुरुङ्ग
  • २०८२ भाद्र ८, आईतवार १२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नं –३ धनौरामा अवस्थित श्री नेपाल राष्ट्रीय माध्यमिक कक्षा १० मा अध्ययनरत छात्रा श्रीतिका भट्टराई प्रदेश स्तरीय श्रव्य दृष्य वक्तृत्व कलामा दोस्रो स्थान ओगट्न सफल भएको छिन् ।

    “शान्ती, सभ्यता प्रतिरक्षा लुम्बिनी बुद्धभूमि“ नं ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलबस्तुको ८ औं स्थापना दिवस २०८२ को शुभ अवसरमा आयोजित “लागू औषधको, असर, ओसारपोसार तथा नियन्त्रणमा विद्यार्थीको भूमिका“ प्रदेश स्तरीय श्रव्य दृष्य वक्तृत्वकला प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ७२ वटा बिद्यालयका १ सय १६ जना छात्रा छात्रहरुको सहभागी रहेको थियो ।

    “लागू औषधको असर, ओसार– पसार तथा नियन्त्रणमा विद्यार्थीको भूमिका“ विषयक वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी प्रदेशस्तरमा दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा विध्यालय परिवार गर्व महसूस भएको साथै मधुवन नगरपालिकाको विकट ठाउँमा पनि हाम्रा छात्रा श्रीतीका भट्टराईले हाम्रो छाती चौडा गरिएकोमा हाम्री छात्रा श्रीतिक भट्टराईलाई धेरै धेरै बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दै प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले हर्ष व्यक्त गर्नु भएको छ ।

    प्रतियोगितामा ३ सय प्राप्ताङमा २ सय ६४ दशमलब ५ अक प्राप्त गरी दमकडा नमूना माध्यमिक विद्यालय पाल्पा कक्षा ९ की छात्रा ओजस्वी आचार्य प्रथम भएकी छिन् भने बर्दिया मधुवन नगरपालिका वडा नं ३ श्री नेपाल राष्ट्रीय माध्य–मिक विद्यालय धनौरा कक्षा १० अध्ययनरत छात्रा श्रीतिका भट्टराईले प्राप्ताङ अक ३ सयमा २ सय ५६ अक प्राप्त गरी दोस्रो भएकी छिन साथै बर्दिया रिभर क्वीन्स स्कूल बढैयाताल कक्षा ६ अध्ययनरत छात्रा सुभेक्षा खडकाले २ सय ४४ दशमलव ५ अक प्राप्त गरी प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छिन ।

    विज्ञ निर्णायक मण्डलमा उप सचिव राम बहादुर हमाल, बुटवल बहमुखी क्याम्पसका उप प्राध्यापक विष्णु प्रसाद घिमिरे र नेपाल एपिएफ स्कूल कोहलपुरका निमित्त प्रधानाध्यापक राज कुमार प्याकुरेल सहितको टोलीले नतिजा निकालेका थिए। दोश्रो हुने बर्दियाकी छात्रा श्रीतिक भट्टराईलाई सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक संगठन प्रमुख राजु अर्यालबाट नगद पुरस्कार र प्रसंशा पत्र प्रदान गर्नुभएको हो साथै आगामी दिनका लागि उज्ज्वल भविष्यको कामना सहित शुभकामना दिनु भएको छ। बर्दिया जिल्ला बाट श्री नेपाल राष्ट्रीय माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं –३ धानौरा, जी.जी. एन. इङ्गलिस मिडियम स्कूल मधुवन र रिभर क्वीन्स स्कूल बढैयाताल गरी ३ वटा विध्यालयले प्रतियोगितामा सहभागी भएका थिए ।

    Post Views: 229
    प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १२:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.