• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षकहरु संग २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

  •  अजय चापागाई
  • २०८२ भाद्र ५, बिहीबार ११:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    “बालबालिकाको सिकाइमा अभिभावकको भूमिका र जिम्मेवारी” विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    “शसक्त बालिका परियोजना” अन्तर्गत प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले आयोजना गरेको उक्त कार्यक्रममा गुलरिया, मधुवन नगर– पालिका र बढैयाताल गाउँपालिकामा अभिभावक तथा समुदायको संलग्नता अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो ।

    भदौ ३ र ४ गते सञ्चालन भएको कार्यक्रममा तीन पालिकाका १५ विद्यालयबाट आएका शिक्षक/ शिक्षिका तथा पालिका शिक्षा शाखाका अधिकारीसहित २१ जना सहभागी भएका थिए । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्धिकीले मधेसी र मुस्लिम समुदायका अभिभावकले आफ्ना नानीबाबूलाई विद्यालय पठाए पनि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको कारण अभिभावक शिक्षाको आवश्यकता देखिएको बताए । “नानीबाबूलाई विद्यालय पठाए पछि जिम्मेवारी सुरु हुने भएकोले अभिभावकले यो जिम्मेवारी वहन गर्नुपर्छ ।” अध्यक्ष सिद्धिकीले भने ।


    गुलरिया नगरपालिका नगर उप–प्रमुख सावित्रा गौतमले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक आयोग उत्तीर्ण गरेर आएका भएकाले त्यहाँ गुणस्तरीय शिक्षा हुने विश्वास व्यक्त गरिन् । तर अभिभावकको सक्रिय सहभागिता अभावकै कारण विद्यार्थीले अपेक्षाकृत राम्रो नतिजा दिन नसकेको उनले भनिन् ।

    यस्ता किसिमका कार्यक्रमले बालबालिकाको मनोविज्ञान, भावनात्मक विकास, प्रेरणा, विद्यालय र समुदायबीचको सम्बन्ध विस्तार, गुणस्तरीय शिक्षा सुनिश्चितता, स्रोतको प्रभावकारी उपयोग तथा शिक्षकहरूको उत्तरदायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास सहभागी शिक्षक लक्ष्मण चौधरीले व्यक्त गरे ।


    यस अवसरमा परियोजना संयोजक एवम् बाँके यूनेस्को क्लबको उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले “एक घर, एक अध्ययन कुनाको” अवधारणा लागू गर्नुपर्ने कुरामा जोड दिँदै विद्यालयमा अभिभावकहरू को सहभागिता बढाउनुपर्ने र बाल बालिकाको सिकाइ उपलब्धि उन्नत बनाउन सहकार्य आवश्यक रहेको बताए ।


    कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधार, प्राविधिक सल्लाहकार सजिद अलि सिद्धिकी, सहजीकरणकर्ता रवी किरण श्रेष्ठ, कार्यक्रम अधिकृत विजय शर्मा, फील्ड सुपरभाइजर भगवती बी.के. र नगमा मनिहर लगाउतको उपस्थित रहेका थिए ।

    Post Views: 285
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ११:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.