• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा सन्देशमूलक तीज गीत प्रतियोगिता सम्पन्न

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ भाद्र ३, मंगलवार ११:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक विकृति–विसंगति न्यूनीकरण गर्ने उद्देश्यले बढैयाताल गाउँपालिकाले सन्देश मूलक तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।

     

    गाउँपालिका–६ मैनापोखरमा आयोजित कार्यक्रममा महिला हिंसा, बालविवाह, लागुऔषध सेवन तथा ओसारपसार, सामाजिक सञ्जालको दुरुपयोगजस्ता समस्या बारे सचेतना जगाउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिका भित्रका ६ वटा महिला समूहले सहभागिता जनाएका थिए । साथै सचेतनामूलक एकल गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।


    गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी प्रमुख अतिथि रहेका थिए । सोही अवसरमा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता थियो ।


    प्रतियोगितामा मेलमिलाप महिला समूह (वडा नं. ३) प्रथम, पतञ्जली योग समूह (वडा नं. ६) द्वितीय, जमुनी समूह (वडा नं. २) तृतीय, उपकार आमा समूह (वडा नं. ३) चौथो र दिदीबहिनी समूह (वडा नं. ६) पाँचौं भएका छन्। एकलतर्फ कुश्मी थापा प्रथम, स्वस्तिका खड्का द्वितीय र राफिका थारु तृतीय भएका छन् ।
    उत्कृष्ट समूह र कलाकारलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ११:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.