• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा लागुऔषध ओसारपसार घटना बढ्दो, एकै दिनमा चार जना पक्राउ

  •  अजय चापागाई
  • २०८२ श्रावण २९, बिहीबार १२:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको विभिन्न स्थानमा प्रहरीले ब्राउन सुगरसहित तीन घटनामा चार जनालाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिईएका गुलरिया नगरपालिका वडा नम्बर ४ का तिन जना रहेको र मधुवन नगरपलिकाका एक जना रहेको प्रहरीले जनाएको छ ।

    पहिलो घटनामा, साउन २७ गते(मंगलबार) बेलुकी करिब ६ बजे इलाका प्रहरी कार्यालय मैनापोखर बाट खटिएको टोलीले गुलरिया नगरपालिका वडा नम्बर ४ का २९ वर्षीय धर्म बहादुर परियार र २८ वर्षीय जीवन सुनारलाई शंका लागि चेकजाँच गर्दा ३ पुडिया प्लास्टिकमा राखिएको १ दशमलब १० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

    त्यसैगरी, बेलुकी ६ः३० बजे जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा साइकिलमा यात्रा गरिरहेका गुलरिया नगरपालिका–४ तुलापुरका २४ वर्षीय सन्तोष गोडिया लाई पक्राउ गरेको डमरपालले बताए । उनको साथबाट १ दशमलब ४१० ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

    तेस्रो घटनामा, बेलुकी ८ः३० बजे प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–७ कण्ठपुरमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका मधुवन नगरपालिका– ३ का २३ वर्षीय राजकुमार परियारलाई र १ दशमलब ५१० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक डमरपालले जानकारी दिए ।

    तीनै घटनामा पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत बर्दिया बाट ५ दिनको म्याद दिई अनुसन्धान भइरहेको डमरपालले जानकारी दिए ।

     

    Post Views: 318
    प्रकाशित मिति: २०८२ श्रावण २९, बिहीबार १२:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.