ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले स्थानीय संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ अष्टिम्की चित्रकला कार्यशाला सम्पन्न गरेको छ । स्थानीय संस्कृति को संरक्षण गर्ने उद्देश्यका साथ ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग, बडघर सञ्जाल ठाकुरबाबाको सहकार्य र ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानको आयोजनामा तिन दिने चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

साउन २५ गते देखि ठाकुरबाबा प्रज्ञा प्रतिष्ठान संचालित चित्रकता कार्यशाला साउन २७ गते ३ दिन संचालन भएको थियो । अष्टिम्की चित्रकला कार्यशालामा स्थानीय संस्कृति झल्किने खालमा चित्रहरु र समुदाय स्तरमा सयौं बर्ष देखि चलनचल्तिमा रहेका संस्कृति झल्किने चित्रहरु श्री कृष्ण जन्म अष्टमीमा स्थानीय समुदायले बनाउने चित्रकला लगाउतका बारेमा कार्यशालामा सहभागिलाई चित्रकला सिकाइए को थियो । कार्यशालामा प्रशिक्षकमा धनिराम थारु, हरिराम का साथ स्थानीय संस्कृति कर्मि श्यामलाल थारु लगायत को सहभागिता रहेको ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले जानकारी दिएको छ ।
अष्टिम्की चित्रकला कार्यशालामा ठाकुरबाबा नगरपालिकाका ९ वठै बडा का करिव २२ जना स्थानीय संस्कृति संरक्षणमा आवद्धहरुको सहभागिता रहेको थियो । स्थानीय संस्कृति संरक्षणका निमित्त यस्ता किसिमको चित्रकला कार्यशालाले स्थानीय संस्कृति जिवन्त राख्न टेवा पुग्नुका साथै आर्थीक आयआर्जनमा समेत टेवा पुग्न सक्ने ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख बिना भट्टाईले बताइन ।




