• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

४० माइक्रोन भन्दा कम मोटाइको प्लास्टिकका सामाग्री निषेध

  •  अजय चापागाई
  • २०८२ श्रावण २७, मंगलवार ०९:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा नगरपालिकाले ४० माइक्रोन भन्दा कम मोटाइको प्लास्टिक जन्य सामाग्री प्रयोग नगर्न अनुरोध गरेको छ । साउन २६ गते प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले ४० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक जन्य सामाग्री प्रयोगले मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक भएकाले यस्ता किसिमका सामाग्री उत्पादन, आयात, बिक्री वितरण र प्रयोग पूर्णरूपमा निषेध गरिएको सुचना मार्फत ठाकुरबाबा नगरपालिकाले जानकारी गराएको छ ।

    प्लास्टिकको प्रयोगले वातावरणीय प्रदूषण मात्र होइन, मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्दै आएको र प्लास्टिकले माटो, पानी र हावामा प्रदूषण बढाउने, जैविक विघटनमा अवरोध र्पुयाउने तथा जनावर, चराचुरुङ्गी र जलचरहरूको जीवनमा खतरा उत्पन्न गर्ने तथ्यलाई उद्धृत गर्दै सक्दो प्लास्टिक जन्य सामाग्री समेत प्रयोग नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।

    २०७८ भाद्र १ गते देखि नै नेपाल सरकारको निर्णय अनुसार ४० माइक्रोन भन्दा कम मोटाइको प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि यसको कार्यान्वयन प्रभावकारी नभएकाले पुनः कडाइका साथ लागू गर्ने तयारी रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाले प्लास्टिकका पोलिथिन, कप, फूल, सजावटी सामग्री, फाइल कभर, स्ट्रिप तथा मिठाई प्याकेज जस्ता वस्तुहरू नगर क्षेत्रमा प्रयोग गर्न, उत्पादन गर्न र बिक्रिवितरण गर्न समेत नपाउने नगरप्रमुख लम्सालले बताए ।

    ठाकुरबाबा नगरपालिकाको उद्देश्य पालिकाको सहजिकरणमा उत्पादन गरिएका दुना टपरी तथा प्लास्टिकको विकल्पका रूपमा कपडा वा अन्य वातावरणमैत्री सामग्रीको प्रयोग गर्न समेत नगरप्रमुख लम्सालले अनुरोध गरे ।

    Post Views: 246
    प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलवार ०९:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.