• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा राहत शिक्षकद्वारा विरोध सभा, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ श्रावण २५, आईतवार १५:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बढैयाताल राहत शिक्षक समितिको आयोजनामा राहत शिक्षकहरूले आइतबार बढैयाताल गाउँपालिकाको मुख्य गेटमा विरोध सभा गरेका छन् । केन्द्रीय शिक्षा समितिले राहत शिक्षकका मागप्रति बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर अनुसार आयोजना गरिएको विरोध कार्यक्रममा समितिका अध्यक्ष अजय शर्माले सरकारले विगतमा भएका सहमतिबाट राहत शिक्षकलाई अलग्याउन खोजेको आरोप लगाए । उनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा राहत शिक्षकको व्यवस्थापनसम्बन्धी कुनै स्पष्ट प्रावधान नरहेको र राहत शिक्षकलाई अपमानित गर्दै हटाउन खोजिएको भन्दै असन्तोष व्यक्त गरे ।


    समितिका कोषाध्यक्ष सुर्य प्रसाद भट्टराईले नेपाल सरकार, शिक्षा मन्त्रालय र शिक्षा समितिले माग सम्बोधन नगरे कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

    विरोध कार्यक्रम दिउँसो १२ बजेदेखि २ बजेसम्म सञ्चालन गरिएको थियो। आगामी कार्यक्रमहरू भने केन्द्रीय समितिको सर्कुलरअनुसार तय गरिने समितिले जनाएको छ ।

    Post Views: 424
    प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार १५:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.