• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २१, बुधबार १५:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको बारबर्दिया नगरपालिका वडा नं.१ की कल्पना चौधरीको नवजात शिशुलाई अचानक हनहनी ज्वरो आयो, दिपापिसाव गर्दा पनि रुन थाल्यो । तत्काल कल्पनाले सदरमुकाम गुलरिया स्थित बर्दिया अस्पतालमा पुर्याएन् । लक्षण चिन्हका आधारमा परीक्षण गर्दा स्क्रबटाइफस पुष्टि भयो । कल्पनाको नवजात शिशुमात्र होइन् बर्दिया अस्पतालमा असारयता स्क्रबटाइफसका १३ जना नवजात शिशुको उपचार भएको छ । यसबाहेक वयस्कमा पनि संक्रमण बढेको छ ।

    एक महिने शिशुलाई निरन्तर ज्वरो आउने, पेट फुल्ने, जिउ दुख्नेलगायतका लक्षण देखिएपछि उपचारका लागि अभिभावकले गुलरिया अस्पताल ल्याउने गरेका छन् । परीक्षण गर्दा यस्ता नवजात शिशुमा स्क्रबटाइफस भएको पुष्टि हुने गरेको छ । गुलरिया अस्पतालमा १३ जना नवजात शिशुको स्क्रबटाइफसको उपचार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा.विश्वनाथप्रसाद साहले बताए ।

    बर्दिया अस्पतालमा उपचारका लागि स्क्रबटाइफसको संक्रमण पुष्टि भएका पुरूष र महिलाको संख्यासमेत बढ्दै गएको छ । एक सातायता ७४ जनाको रगत परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको बर्दिया अस्पतालले जनाएको छ ।

    बर्दिया अस्पतालमा दैनिक उपचारका लागि बहिरंग सेवाका लागि आउनको संख्या ३ सय भन्दा बढी रहेको तथ्यांकले देखाउँछ । ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हल्का खोकी लाग्ने र वाकवाक हुने यस रोगका मुख्य लक्षण हुन् ।

    पराल, झारपात, वनजंगलमा पाइने भुसुना किराको कारणले गर्दा स्क्रबटाइपस लाग्ने गर्छ । भुसनाले टोकेको एकदुई दिनपछि बिरामीमा लक्षण देखिन थाल्छन् । नवजात शिशुमा स्क्रबटाइफस लाग्नुको मुख्य कारण सरसफाइ नहुनु नै रहेको चिकित्सकले अनुमान गरेका छन् ।

    Post Views: 459
    प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार १५:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.