चेपाङमा बबई नदीले चेतावनी स्तर पार गरिसंङ्गै जिल्ला प्रशासन कार्यालय बर्दियाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बबई नदीको चेपाङमा मंगलबार बिहान नदीमा पानीको सतहले चेतावनी स्तर नाघेर ७.२७ मिटर सम्म पुगेकोमा आज साउन २० गते बिहान ९.४० बजे मापनमा चेपाङमा बबई नदिमा पानिको सतह ६.९५ मापन गरिएको छ जनु चेतावनी स्तर नाघेको देखिन्छ ।

बाढी पूर्व सूचना दिनका लागि चेपाङमा जडान गरिएको गेज रिडरमा ६ मिटर ८० सेन्टिमिटरमा पुगे पछि बाढी चेतावनी स्तर पार गरेको मानिन्छ ।
चेपाङमा पानीको सतह अझै बढ्न सक्ने उल्लेख गर्दै नदिको छेउछाउ बस्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
चेपाङको बबई नदिमा राखिएको गेज रिडरमा बिहानै देखि नै पानीको सतह पहिलो चेतावनीको स्तर नाघिसकेको र अहिले बिहान ९.४० बजे सम्म पनि पानीको बहाव बिहानको भन्दा केहि कम रहेता पनि अहिले पनि बहाव चेतावनी स्तर माथी नै रहेकोले उच्च सतर्कता अपनाउन प्रजिअ पौडेलले आग्रह गरेका छन ।
जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पनि बबई नदीको चेपाङमा पानीको सतह खतराको तह पार गरेकोले बबई नदी तथा साना सहायक नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।
बबईको बाढी चेपाङबाट गुलरिया सम्म पुग्न करिब तीन घण्टा समय लाग्ने हुनाले प्रशासनले सुरक्षा अपनाउन आग्रह गर्न नदी तटीय क्षेत्रमा सुरक्षाकर्मि परिचालन गरेको छ ।




