““म के गरू””
न्यायको कठघरामा,
अन्यायको सेप पर्छ ।
अनि,
न्याय मर्न विवश छ ।
कसरी खोजु,
बाबा,काका,मामा,भिनाजुवाट वलत्कृत म,
न्यायको दरवारमा क्षतिपुर्ती ?
भो चाहिदैन,
घरमा वेहाल छ ।
वोल्न सक्दिन म !
मारिने डरका वीच,
तिम्रा कानुन चाहिदैन मलाई !
गुहार माग्दा नआउने,
बाबा आमा काका भिनाजु शिक्षक,
के काम मेरो लागि ?
वच्चा जन्म्यो आफन्तबाटै !
गुहार कहां खोजुं ?
राज्य कता छ ?
मुखिया प्रथा बांकी नै छ ।
कानुन बन्दै छ रे गाउंमा !
म त पिडीत नै हुं ।
मेरी बहिनी भतिजी,
के होलान भोली ?
यहि सेरोफेरोमा,
बहुविवाहको सवाल उठेको छ ।
तिम्रा संसोधित कानुनले,
हामीलाई बचाउला र !
स्वार्थको दुनियामा ,
केहि जोगाड गर्न सके हुन्थ्यो ।
म अवला !
मसंग केहि छैन ।
अनि ,
म के गरु ?
ईज्जतको कशिमा म !
आत्म हत्या गरू,
नदिमा हाम फालुं,
कि वीस खाउं ?
राज्य तिम्रो हो ।
तिमी नै वोल,
म के गरूँ ?
“सन्दर्भ समाजको”





