• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कबिता कर्णाली !

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८२ श्रावण २०, मंगलवार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कर्णाली !
    बग्दैबग्दै हिम शिखरहरुबाट
    झरनाहरु, छहराहरु
    खोलाहरु, खहरेहरु
    छातीमा, पिठमा बोक्दै
    साना ठूला नदीहरुलाई
    आफूभित्र समाहित गर्दै
    अलिकति रुक्दै
    हिमालका कोखहरुमा
    अलिकति रुक्दै
    पहाडका खोचहरुमा
    ठाउँठाउँमा
    ससाना रमणीय
    फाटहरु बनाउदै
    सुन्दर उपत्यकाहरु बनाउदै
    चुरे पर्वतका
    हरिया थुम्काहरु छिचोल्दै
    तिमी मैदानमा आइपुगेकी छ्यौ ।
    कर्णाली !
    यहाँ मैदानमा
    म हेरिरहेको छु
    तिमी फैलिएकी छ्यौ
    छालहरु छचल्किएका छन्
    प्रकट भएको छ
    तिमीभित्रको विराट मातृत्व
    र त्यसैले तिमी
    तराईको यो विशाल मैदानमा
    दुई फ्यक भएर
    च्यातिएकी छ्यौ
    दुई भगालामा बाडिएकी छ्यौ
    र आफ्नो गर्भबाट
    एक सुन्दर थात जन्माएकी छ्यौ
    सुन फल्ने फाट जन्माएकी छ्यौ
    म त्यही फाटको सिरानमा छु
    म भौरा टापुमा छु
    कर्णाली !
    म तिम्रो कोखबाट जन्मेको
    गेरुवामा छु
    इन्टेकमा छु
    म हरदम तिम्रो काखमा छु ।

    Post Views: 335
    प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.