नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव बिश्वेश्वर प्रसाद कोईराला (बि.पी.)को ४३ औं स्मृति दिवसको अवसरमा बर्दियाका विभिन्न ठाँउमा वृक्षारोपण, विचार विमर्श लगायतका कार्यक्रम गरि मनाईएको छ ।



गेरुवा गाँउपालिका वडा नं.५ विन्द्रामा आयोजित कार्याक्रम मा संघीय सांसद माननीय किशोर सिंह राठौरको प्रमुख आथित्यमा विचार विमर्श र वृक्षारोपण कार्याक्रम आयोजित गरिएको थियो ।

यस्तैगरी गुलरिया नगरपालिका वडा नं. ५ मा वृक्षारोपण कार्यक्रममा बर्दिया क्षेत्र नं. १ का संघीय सांसद माननीय सञ्जय कुमार गौतमले वृक्षारोपण गरेका थिए । सोहि कार्याक्रममा लुम्बिनी प्रदेशका सांसद माननीय सोडारी लगायतका नेपाली काँग्रेसका नेता कार्यक्रताको सहभागी थियो ।

बर्दियाको मधुबन, बारबर्दिया, ठाकुरबाबा नगरपालिमा समेत वृक्षारोपण लगायत कार्यक्रम हरु गरि मनाईयो । वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षण को सन्देश फैलाउँदै स्व. बि.पी. कोईरालाको योगदान स्मरण गरिए को आयोजकले बताएका छन् ।




