जिल्ला प्रहरी कार्यालय बर्दियाले फरार प्रतिवादी प्रक्राउ गर्ने अभियान तिव्र पारे सँगै आर्थिक बर्ष २०८१/०८२ मा २ सय ८० जना फरार प्रतिवादी प्रक्राउ गरेको छ ।


साउन ४ गते (आईतबार) जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्याक्रमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले तथ्याङ्क प्रस्तुत गर्दै आ.व २०८१/०८२ मा २ सय ८० जना फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिए ।
विभिन्न मुद्दामा फैसला भई फरार प्रतिवादीहरुको खोज तसालका क्रममा उनीहरुलाई पक्राउ गरिएको खनालले बताए ।
“बर्दिया प्रहरीहरुको निरन्तर खोजतलासको प्रयासले फरार प्रतिवादिहरुलाई पक्राउ गरिएको छ ।” प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट २०१ बर्ष ९ महिना १६ दिन कैद सजाय र २० लाख ९२ हजार ५ सय ३९ रुपैया जरिवाना असुलउपर गरिएको समेत उनले भने ।
पक्राउ परेकाहरु मध्य २० बर्ष देखी फरार रहेका ५ जना प्रतिवादी प्रक्राउ गर्न सफल भएको उपरीक्षक खनालले बताए । “यो बर्दिया प्रहरीको लागि ठुलो सफलता हो” खनालले भने ।
साथै १५ बर्षदेखी फरार रहेका १८ जनालाई प्रतिवादी, र १० बर्षदेखी फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।
यस्तै ५ बर्षदेखी फरार रहेका २४ जना प्रतिवादीलाई प्रक्राउ गरीएको, साथै ५ बर्षभन्दा कम समयदेखि फरार रहेका २ सय १३ जना प्रतिवादी गरि एक बर्ष भित्र फरार प्रतिवादी २ सय ८० जना पक्राउ गरिएको उपरीक्षक खनालले बताए ।





