• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लैङ्गिक हिंसा न्यूनीकरणका लागि सिफारिस संयन्त्र निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न

  •  ज्ञानेन्द्र पोख्रेल
  • २०८२ असार ३०, सोमबार १२:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका स्पष्ट गर्दै सिफारिस संयन्त्र निर्माण सम्बन्धी निर्देशिका कार्यान्वयनको पहल स्वरूप बढैयाताल गाउँपालिकामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


    छलफलमा उठेका सुझावहरूमाथि थप अध्ययन गरी कार्यपालिकामा पेश गरिने प्रतिबद्धता व्यक्त गर्दै, लैङ्गिक हिंसा न्यूनीकरणमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठील बताए ।

    कार्यक्रममा सिफारिस संयन्त्र निर्माणका प्रारम्भिक मस्यौदाबारे सहजीकरण गर्नुहुँदै, पीडितहरूलाई छिटो, प्रभावकारी, न्यायसम्मत सेवा पु¥याउन स्थानीय सरकारको सिफारिस प्रणाली आवश्यक रहेको अधिवक्ता राजकुमार चौधरील उल्लेख गरे ।

    कार्यक्रममा सहभागीहरूले घरेलु हिंसा, यौन दुव्र्यवहार, जबरजस्ती करणी, बालविवाह, दाइजो, बुर्का प्रथा, बोक्सीको आरोप, मानव बेचबिखन जस्ता मुद्दाहरू अझै समाजमा गहिरो रूपमा विद्यमान रहेकाले, यस्ता समस्याको समाधानका लागि प्रभावकारी सिफारिस संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।
    उक्त संयन्त्रमार्फत पीडितहरूलाई तत्काल सुरक्षा, कानुनी सहयोग, चिकित्सकीय उपचार, मनोपरामर्श, सीपमूलक तालिम, आयआर्जन तथा पुनः सामाजिक एकीकरणमा सहयोग पु¥याउने योजना रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।


    एक्सन एडको सहयोग तथा कमैया महिला जागरण समाजको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, वडा अध्यक्षहरू, न्यायिक समितिका सदस्यहरू, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, सूचना तथा प्रविधि शाखा, सक्रिय सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 329
    प्रकाशित मिति: २०८२ असार ३०, सोमबार १२:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.