• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाँसगढीमा लागुऔषधविरुद्धको सडक नाटक : समुदायमा सकारात्मक प्रभाव

  •  गणेश राज विश्वकर्मा
  • २०८२ असार २५, बुधबार ०९:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँसगढी नगरपालिका–५ मा लागू औषध दुरुपयोगविरुद्ध चेतना फैलाउने उद्देश्यले एक प्रभावशाली सडक नाटक सम्पन्न भएको छ । “लागू औषध दुरुपयोग विरुद्ध लडौं, रोकथाममा जोड दिऔँ” भन्ने मूल नारासहित युवा सञ्जाल बाँसगढीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


    इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी उद्योग वाणिज्य संघ तथा वडा नं ५ कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रमलाई स्थानीय युवाहरूले नेतृत्व दिएका थिए । नाटकमा वडा अध्यक्ष, प्रहरी जनप्रतिनिधि, बुद्धिजीवी तथा स्वयं युवा सञ्जालका सदस्यहरू ले अभिनय गरेका थिए ।

    नाटकमा लागू औषध कसरी हाम्रो समाजमा प्रवेश गर्छ, यसले युवामा पार्ने नकारात्मक असर, परिवार र समुदायमा निम्त्याउने समस्याहरू र रोकथामका उपाय हरूलाई जीवन्त ढंगले प्रस्तुत गरिए को थियो । दर्शकले गहिरो चासोका साथ नाटक हेरेका थिए र कार्यक्रमपछि भएको अन्तक्र्रियामा सक्रिय सहभागिता जनाएका थिए
    कार्यक्रमपछि युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले स्थानीयहरूबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिए। “हाम्रो समाजमै यस्तो नाटक देखेर धेरैले सोच्ने मौका पाए, अभिभावक र युवाहरू दुवैले यसको महत्व बुझे,” उनले भने ।

    स्थानीय बासिन्दाहरूले पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा गर्न सके लागुऔषध नियन्त्रण गर्न सकिन्छ भन्ने सुझाव दिएका छन् । “यो नाटकले लागू औषधको असर र यसको समाधान बारे सोच्न बाध्य बनायो,” एक स्थानीय महिलाले भनिन् ।

    लागूऔषध दुव्र्यसन नियन्त्रणको प्रयासमा यस्तो खाले सचेतना मूलक कार्यक्रमले समुदायमा गहिरो प्रभाव पारेको देखिन्छ । बाँसगढी नगरपालिका र सम–न्वयकारी निकायहरूले यस्तो प्रयासलाई निरन्तरता दिनुपर्ने स्थानीयको धारणा छ । युवा सञ्जाल बाँसगढीको यो अभियान लागू औषधमुक्त समाज निर्माण तर्फको सार्थक कदमका रूपमा हेरिएको छ ।

    Post Views: 333
    प्रकाशित मिति: २०८२ असार २५, बुधबार ०९:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.