• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल स्काउटलाई मानवता संग जोड्नु पर्छ : मन्त्री तिमिल्सिना

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २२, आईतवार २०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले नेपाल स्काउटलाई मानवता संग जोडेर अगाडी बढ्नु पर्ने बताएका छन । बर्दियाको राजापुरमा रहेको अमर शहिद बहुमुखी क्याम्पसमा नेपाल स्काउट लुम्बिनी प्रदेशको समन्वय र सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाँके द्वारा आयोजित ६ सय १५ औं बेसिक ट्रेनिङ कर्पस (बीटीसी) तथा ४ सय ५५ औं प्रोग्राम ट्रेनिङ कर्पस (पीटीसी) आधारभूत स्काउट तालिमको आज सुरुवातको आज उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले सो कुरा बताएका हुन ।


    नेपाल स्काउटले शिक्षकहरुलाई मानवताको बिषयमा, समाजलाई कसरी असल बनाउने, नैतिकता, अनुशासन बिषयमा जानकारी लिएर विद्यार्थीहरु र युवामा अनुशासन, जिम्मेवारी र सेवाभाव विकास गर्ने गरि कार्य गर्न तालिम फलदायि रहने मन्त्री तिमिल्सिनाले भने ।


    नेपाल स्काउटमा आवद्धताले समाजमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने, बिकासको निम्ति शिक्षा अपरिहार्य रहेकोले शिक्षालाई समृद्धि संग जोडेर जान समेत मन्त्री तिमिल्सिनाले बताए ।

    स्काउटिङ्ग शिक्षा बालबालिकाको सर्वाङ्गीण विकास र प्राकृतिक विपतको साथी भएको साथै स्काउट शिक्षाले विद्यालय तहका बालबालिकाहरूलाई असल नागरिक बनाएर सक्षम व्यक्ति जन्माउने भएकाले स्काउट तालिम आवश्यक रहेको मन्त्री तिमिल्सिनाले स्काउट शिक्षाबाट कोहि कतै कहि पनि बन्चित हुन नहुने धारणा राखे ।

    कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्काउट आन्दोलनले राष्ट्र निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै स्काउट जीवन पद्धति सङ जोडिएको बताए । पौडेलले भने अनुशासित, इमान्दार र सेवामुखी नागरिक उत्पादनका लागि हरेक विद्यालयमा स्काउट तालिम दिनु पर्ने उनले भने ।


    तालिमका नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक काशी ढुङ्गानाले भने ६ दिने प्राप्त तालिमबाट सम्पूर्ण सहभागिमा सकारात्मक सोचको विकास गराउन, सामूहिकतामा काम गर्न स्काउट मास्टर निर्माण गर्न, विद्यार्थीहरुलाई अनुशासित र आज्ञाकारी बनाउन तालिम महत्त्वपूर्ण रहने बताए ।

    असार २२ गते देखि असार २७ गते सम्म ६ दिने तालिममा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लाबाट २१ जना महिला र १० जना पुरुष गरि ४० जनाको सहभागी रहेको र नेपाल स्काउट तालिम शिक्षाको आवश्यकता भएको बुझेर तालिम संचालन गरिएको सामाजिक विकास डिभिजन कार्यालय नेपालगंज बाँकेका प्रमुख उद्दव श्रेष्ठले बताए ।


    कार्यक्रममा बर्दियाका सशस्त प्रहरी उपरीक्षक मानबहादुर बिसी, जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्र डमरपाल, नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष माधव ढकाल, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण लगायत अमर शहिद बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख, स्ववियू सभापति लगाउत सहभागि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 258
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार २०:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.