जिल्ला प्रहरी कार्यालय बर्दियाको मातहतका प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक देखि प्रहरी जवान सबै एकसाथ सम्पूर्ण प्रहरी कर्मचारीहरु “उत्प्रेरणा अभिवृद्वि कार्यक्रम” अन्तर्गत प्रहरीहरुले बर्दिया राष्ट्रिय निकुञ्ज अबलोकन भ्रमण गरेका छन् । कार्यक्रम अन्तर्गत निकुञ्ज अवलोकन भ्रमणबाट प्रहरीहरुमा पूर्ण ताजकी रहने बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।