• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

क्याप्टेन चयन गर्न कर्णाली इङ्गलिस बोडिङ्ग स्कुलमा निर्वाचन

  •  राम बहादुर थारु
  • २०८२ असार २२, आईतवार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा रहेको कर्णाली इङ्गलिस बोडिङ्ग स्कुलमा मतदान प्रक्रियाबाट विद्यार्थी हरूले क्याप्टेन र सहायक क्याप्टेन चयन गर्न निर्वाचन गरिएको छ । क्याप्टेन चयनमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो ।


    विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरू बिच सहमति नभए पछि मतदान प्रक्रिया मार्फत चयन गरिएको निर्वाचन सहायक अधिकृत तथा सहायक प्रिन्सीपल नारायण अधिकारीले जानकारी दिए ।

    विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा पेन्सील कटर चुनाव चिन्हका साथ कक्षा ९ का समिर बुढाले २ सय ५ मतसहित क्याप्टेन र सहायक क्याप्टेनमा घडी चुनाव चिन्हसहित कक्षा १० की मेनुका खड्का २ सय २४ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन अधिकृत एवम् विद्यालयका प्रिन्सीपल सुर्दशन पन्थीले जानकारी दिए ।

    यस्तै निर्वाचन सहायक अधिकृत नारायण अधिकारीका अनुसार क्याप्टेनमा चकडस्टर चुनाव चिन्हमा कक्षा ९ का एन्जल थापाले ७१ र सहायक क्याप्टेनमा पेन्सिल चुनाव चिन्हका कक्षा ९ कै समिर पाण्डेले ७२ मत प्राप्त गरेका थियो । क्याप्टेन र सह क्याप्टेन तर्फ ४ सय २४ मत मध्ये ४ सय १५ मत सदर भएको थियो भने ९ मत बदर भएको थियो ।

    मतदानमा विद्यालयका कक्षा ४ देखि १० सम्मका ४ सय ५० जना विद्यार्थीहरूमध्ये ४ सय २४ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्याससहित एक साताको निर्वाचन प्रक्रिया हुँदै मतदान बाट विद्यार्थीहरूबाट क्याप्टेन र सहायक क्याप्टेन चयन गरेको जनाएको छ ।

    मतदानमार्फत क्याप्टेन र सहायक क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको थियो । विद्यालयका कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामा वली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो ।

    Post Views: 222
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०७:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.