• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्षमा हेमन्त आर्चाय निर्वाचित

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २१, शनिबार १३:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदमा संरक्षणकर्मी तथा ठाकुरबाबा उपभोक्ता समितीका अध्यक्ष हेमन्त आर्चाय विजयी हुनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष पदका लागि शुक्रबार भएको निर्वाचनमा कुल १९ मत मध्ये ११ मत प्राप्त गरि आचार्य अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

    बर्दिया र निकुञ्जको उत्तरी क्षेत्र सुर्खेतका गरि १९ वटा उपभोक्ता समिती मध्येबाट अध्यक्ष चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अनुसार चुनावको भएपछि बर्दिया ठाकुरबाबा नगरपालिकाको ठाकुरबाबा उपभोक्ता समितीका अध्यक्ष हेमन्त आचार्य, सुर्खेत बराहताल गाउँपालिका को सिद्धचुली तरगां उपभोक्ता समितीका अध्यक्ष चन्द्र बुढा र बर्दिया गेरुवा गाउँपालिकाको विन्द्रा उपभोक्ता समितीका अध्यक्ष मीन वहादुर सावदले उमेद्वारी दिनुभएको थियो ।

    शुक्रबार भएको निर्वाचनमा सबैभन्दा धेरै ठाकुरबाबा उपभोक्ता समितीका अध्यक्ष हेमन्त आचार्य ११ मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धि सिद्धचुली तरगां उपभोक्ता समितीका अध्यक्ष चन्द्रा बुढाले मत ६ र विन्द्रा उपभोक्ता समितीका अध्यक्ष मीन वहादुर सावदले २ मत प्राप्त गर्नुभयो ।

    आफु निर्वाचित भएकोमा गौरवान्भित भएको र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका चुनौतीहरुलाई सामाना गर्दै आफुले वन्यजन्तु द्धन्द व्यवस्थापन, युवालाई रोजगारी, उपभोक्ताहरुका लागि वन्यजन्तुबाट भएको क्षति, राहत लगायत जैविक विविधता संरक्षणका क्षेत्रमा सक्रिय रुपमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    दुई कार्यकाल मध्यवर्ती क्षेत्र व्यस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभएका निर्वाचित अध्यक्ष आचार्यका बुवा ओम प्रकाश जैसीको २०६७ साल असोज २६ गते जंगली हात्तीको आक्रमणबाट ज्यान गएको थियो । जंगली हात्तीको आक्रमणबाट बुवाको ज्यान गएपनि छोरा हेमन्त आचार्य संरक्षणमा लाग्न छोड्नु भएन । पाँच वर्ष कार्यकाल रहने अध्यक्ष सहित सदस्य सचिव निकुन्जका प्रमुख संरक्षण अधिकृत सहित १९ जना सदस्य रहेका छन् ।

    Post Views: 279
    प्रकाशित मिति: २०८२ असार २१, शनिबार १३:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.