बर्दिया जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या शुन्य रहेको छ ।


बर्दिया जिल्ला अदालतले गत आर्थिक वर्षमा दुइ वर्ष नाघेका मुद्दालाई शुन्यमा झारेको अदालतका सूचना अधिकारी तथा शाखा अधिकृत अमृता के.सी.ले जानकारी दिइन् ।
‘यस आर्थिक वर्षमा समेत बर्दिया जिल्ला अदालतले वार्षिक कार्ययोजना अनुसार गत वर्ष जस्तै दुई वर्ष नाघेका मुद्दाको संख्या शुन्यमा झार्ने लक्ष्य लिएका थियौं, सोही अनुसार नागरिकको समयमै न्याय पाउने अधिकारलाई सुनिश्चित गर्न लक्ष्यानुसार सफल भएका छौँ’ केसीले भनिन्
अदालतमा १८ महिना नाघेका मुद्दा संख्या मात्र ३ रहेको र ती मुद्दा पनि सबै फछ्र्यौट गर्ने गरी अगाडी बढेकोमा सम्बन्धित निकायबाट परीक्षण गरी आउनु पर्ने प्रमाणहरु समयमै आइनपुगेका कारण ३ मुद्दाको पेशी चढ्न नसकेको केसीले बताइन् । अझै आर्थिक वर्ष समापन हुन बाँकी रहेकोले ति मुद्दामा परीक्षण प्रतिवेदन प्राप्त भए १८ महिना नाघेका मुद्दा समेत शुन्यमा झार्ने लक्ष्य लिइएको के.सी.ले जानकारी दिईन् ।




