• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गिरिजाप्रसाद कोइराला नेपाली क्रान्तिका अग्ला राजनेता

  •  राजेन्द्रप्रसाद धिताल / लेखक
  • २०८२ असार २०, शुक्रबार ०७:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+
    असार १८ गते स्वर्गीय राजनेता गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती।जीवनभरि चर्चाको केन्द्रमा रहने राजनेता हुन् गिरिजाप्रसाद ।सम्वत १९८१ असार १८ गते भारतको विहार प्रान्तको टेडीमा पिता कृष्णप्रसाद र आमा दिव्या कोइरालाका कान्छा छोराका रूपमा गिरिजाप्रसादको जन्म भएको थियो ।पिता कृष्णप्रसाद कोइरालाले तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर राणालाई विराटनगरबाट जनताको हितमा केही गर्नुपर्ने सुझावसहितको चिठी पठाउदा शासनको कोपमा परेर सपरिवार भारतमा निर्वासित जीवन बिताउन बाध्य हुनुपर्यो।
    भारतमा अङ्ग्रेजको शासन थियो ।अङ्ग्रेजहरुले भारतीय जनतामाथि अमानवीय शासन थोपरेका थिए ।अङ्ग्रेज विरुद्ध भारतमा महात्मा गान्धीको नेतृत्वमा असहयोग आन्दोलन चलिरहेको थियो ।
    आफ्नो देशमा रहेको राणाहरुको निरंकुश शासनबाट उत्पीडित कोइराला परिवार भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी हुनपुग्यो।नेपालका राणा शासकहरुलाई अङ्ग्रेजको पूर्ण साथ ,समर्थन र सहयोग थियो ।नेपालबाट राणा शासन हटाउनका लागि भारतबाट अङ्ग्रेजहरुलाई हटाउन अनिवार्य छ भन्ने तत्कालीन क्रान्तिकारीहरुको निष्कर्ष थियो ।यही दृढ विचारबाट प्रेरित भएर कृष्णप्रसाद कोइराला लगायत नेपालका धेरै स्वतन्त्रता प्रेमीहरु भारतीय स्वतन्त्रता सङ्ग्राममा पूर्ण रूपमा समर्पित भएका थिए ।कृष्णप्रसाद कोइराला ,मातृकाप्रसाद कोइराला ,विश्वेश्वरप्रसाद कोइराला लगायत कोइराला परिवारका धेरै सदस्यहरु भारतीय स्वतन्त्रताको लडाइँमा सहभागी भएर अविस्मरणीय योगदान पुर्याएका थिए ।गिरिजाप्रसाद पनि यो परिदृश्यबाट विमुख थिएनन् ।
    कलिलो उमेरदेखि नै उनी भारतीय स्वतन्त्रताको आन्दोलन हुँदै नेपाली लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका थिए ।नेपालको लोकतान्त्रिक आन्दोलनमा विराटनगर स्थित जुट मिलबाट पहिलो मजदुर आन्दोलनको नेतृत्व गर्ने श्रेय गिरिजाप्रसादलाई छ।
    राणा शासन विरुद्ध संघर्ष गरेका नेता गिरिजाप्रसाद २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार विघटन गरेर प्रजातान्त्रिक व्यवस्थाको हत्या गरेसगै नेता गिरिजाप्रसाद ७ बर्ष जेल परे र पछि भारतमा निर्वासित जीवन विताउन बाध्य भए ।
    ३० पन्चायती निरङ्कुश व्यवस्था विरुद्ध निरन्तर संघर्ष गरे । नेपाली काङ्ग्रेस मोरङका सभापति ,केन्द्रीय सदस्य ,महामन्त्री भएर अहोरात्र नेपाली काङ्ग्रेसको संगठन निर्माणमा सक्रिय रहे।गिरिजाप्रसाद धेरैभन्दा धेरैले गाउँबस्तीमा पुग्ने र सङ्गठन निर्माणमा खटने नेताका रूपमा काङ्ग्रेस नेता कार्यकर्ताका बीचमा स्मरणीय छन् । उनले लामो समय नेपाली काङ्ग्रेसको महामन्त्री भएर काम गरे ।२०४६ सालको जनआन्दोलनमा उनको नेतृत्वदायी भूमिका थियो ।
    २०४८ को आमनिर्वाचन पश्चात् गिरिजाप्रसाद मुलुकको प्रधानमन्त्री भए ।
    लामो समय नेपाली काङ्ग्रेसको सभापति भएर पार्टीको नेतृत्व गरे।पटकपटक गरी ६ पटकसम्म मुलुकमा प्रधानमन्त्रीको भूमिकामा रही शासन संचालन गर्ने गिरिजाप्रसादले गणतन्त्र नेपालको प्रथम कार्यवाहक राष्टाध्यक्षको भूमिका समेत निर्वाह गरेका छन् । २०६२/६३ सालको ऎतिहासिक जनआन्दोलनमा गिरिजाप्रसाद कोइराला कमान्डर थिए ।उनकै सफल नेतृत्वमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।
    १० बर्षसम्म नेपालमा विद्यमान सशस्त्र द्वन्द्व र त्यसले सिर्जना गरेको हिंसा तथा अशान्तिलाई शान्ति प्रक्रियाको मूल धारमा ल्याउने अभियानका प्रमुख सारथी पनि गिरिजाप्रसाद थिए ।नेपाली काङ्ग्रेस जस्तो संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा दृढ़ परम्परावादी!पार्टीलाई गणतन्त्रवादी बनाउनु कम चुनौतीपूर्ण थिएन ।त्यो गिरिजाप्रसादको नेतृत्वको उचाइले मात्र सम्भव भयो ।गणतान्त्रिक आन्दोलनको व्यवस्थापन अर्को महत्त्वपूर्ण चुनौती थियो ।उग्रदक्षिणपन्थी र उग्रवामपन्थी उन्मादवाट बचाएर मुलुकमा शान्ति सुनिश्चित गर्न गिरिजाप्रसादले भरपर्दो अभिभावक भूमिका निर्वाह गरे।
    संसारमै राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्ने राजनैतिक रुपान्तरण यत्तिको सहज!भएका घटनाहरु दुर्लभ हुन्छन् । सशस्त्र युद्धमा रहेका शक्तिलाई राजनैतिक मूलधारमा ल्याई शान्ति प्रक्रियामा जिम्मेवार बनाउने कार्य त झनै जटिल र चुनौतीपूर्ण मानिन्छ ।दुनियाँले विस्मयपूर्वक नियालिरहेको क्रान्ति र त्यसको सहज व्यवस्थापन नेपालमा गिरिजाप्रसादको नेतृत्वमा सम्भव भयो ।त्यतिमात्र हैन विस्थापित राजा र राजपरिवारसमेत नेपालमा सुरक्षित र सम्मानका साथ वसेका छन् ।
    यो सम्भवतः नेपालमा सम्भव भएको क्रान्तिको दुर्लभ परिघटना हो।यो सम्भव हुनुमा पनि गिरिजाप्रसादकै समन्वयकारी,सन्तुलित र प्रतिशोध रहित राजनैतिक नेतृत्व महत्त्वपूर्ण कारक हो भन्दा अन्यथा हुँदैन । जीवनको उत्तरार्धमा गिरिजाप्रसाद राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा भरपर्दो ,जिम्मेवार र लोकप्रिय नेताका रूपमा स्थापित भए ।
    अमेरिकी पूर्व राष्ट्रपति जिम्मी काटरले उनलाई नायका रूपमा चर्चा गरे ।
    भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले उनलाई दक्षिण एसियाकै अग्ला नेताका रूपमा सम्मान गरे ।विदेशी कुटनैतिक नियोग र संयुक्त राष्ट्र संघसमेतले गिरिजाप्रसादको राजनैतिक उचाइलाई उच्च सम्मान दिए!।
    गिरिजाप्रसादको भरपर्दो नेतृत्वका कारण मुलुकमा लोकतान्त्रिक गणतान्त्रिक रुपान्तरणको यात्रा सहज बन्यो ।
    अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वतन्त्रता र समृद्धिको सपना बुनिरहेका छौ ।आज मुलुकमा गिरिजाप्रसादको नेतृत्व छैन । गिरिजाप्रसादसगै मुलुकलाई लोकतान्त्रिक रुपान्तरणमा ल्याउन सहकार्य गर्ने राजनैतिक नेताहरू नेतृत्वमा छन् ।मुलुकमा भएको राजनैतिक परिवर्तनले देश र जनताका आकाङ्क्षाहरु!सम्बोधन गर्न सकेन भन्ने व्यापक जनगुनासो छ ।चारैतिर निराशा र आवेग छ।

    यही आवेग माथि प्रतिगामी हावा हावी हुदैछ ।गणतन्त्र विरुद्ध धावा बोल्ने दुष्प्रयत्न हाकाहाकी भइरहेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कृत र परिमाजित गर्दै देश र जनताको उज्यालो भविष्यका लागि योगदान दिने प्रेरणा आजका दिनमा हामी सबैले ग्रहण गर्न आवश्यक छ।यही नै नेपाली क्रान्तिका अग्ला राजनेता गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली हुनेछ ।
    भाव पूर्ण श्रद्धाञ्जली !
    (धिताल नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका पूर्वअध्यक्ष एवम् बबई बहुमुखी क्याम्पस बर्दियाका उपप्राध्यापक हुनुहुन्छ ।)
    Post Views: 274
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०७:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.