• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्मृति : एसएलसी उत्तीर्ण हुँदाको त्यो क्षण

  •  राजेन्द्रप्रसाद धिताल / लेखक
  • २०८२ असार १९, बिहीबार ११:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विक्रम सम्बत् २०४४ सालमा जनता माध्यमिक विद्यालय गोलामा कक्षा १०मा पढ्दै थियौं । नारायण, नरेश, चिल्लु, कृष्ण गोपाल, धर्मप्रकाश, बुद्धिराम लगायत धेरै साथीहरु कक्षा १० मा थियौं ।

    बर्दिया जिल्लाको दुर्गम ठाउँमा अवस्थित विद्यालय भएकोले त्यतिबेला विद्यालयमा शैक्षिक जनशक्तिको अभाव थियो । अङ्ग्रेजी, गणित र विज्ञानका शिक्षकहरु दुर्लभ प्रायः थिए । त्यसैले त्यतिबेला हाम्रो विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर थियो । हाम्रो पढाइको स्तर पनि कमजोर र ज्ञानको अवस्था असाध्यै सीमित थियो । यस्तै अवस्थाका बीचमा हामी कक्षा १० मा पुगेका थियौं तथापि कक्षा ९ कै कोर्ससमेत पूरा भएको थिएन । यसैबीच हामी कक्षा १० मा पढ्दै गर्दा अकस्मात एउटा अप्रिय खबर आयो ।

    त्यतिबेला विद्यालयले नियमित रूपमा ३ बर्षसम्म एसएलसीमा ३० प्रतिशत भन्दा कम नतिजा ल्याएमा विद्यालयको तह घट्ने प्रावधान थियो । हाम्रो विद्यालय त्यही प्रावधानका कारण निमाविमा घटुवा भयो । कक्षा १० मा पढिरहेका हाम्रो विचल्ली भयो । अब हामी कहाँ पढ्न जाने ? कसरी एसएलसी दिने ? कुनै उपाय थिएन । अस्वस्थ प्रतिस्पर्धाका कारण नजिकको साधारण माध्या–मिक विद्यालय पाताभार पू– र्वाग्रही थियोे । गोलाका विद्या– र्थीहरुको पढाइको गुणस्तरमा प्रश्न उठाएर उक्त विद्या–लयले एक तह घटाएर भर्ना लिने नीति लियो । मेरा साथी धेरैले पढाइ छोडे । केही कक्षा ९ मा पाताभारमा भर्ना भए । कोही त्यसभन्दा पनि तल्लो कक्षामा टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरमा भर्ना भए ।

    विद्यालयमा पढाइ राम्रो नभए पनि कक्षामा राम्रो विद्यार्थीमध्ये म पनि एक थिए । पाताभारमा अध्ययनरत मेरा समकक्षी साथीहरु मेरा प्रतिस्पर्धी पनि थिए । उक्त विद्यालयमा एक कक्षा घटेर पढ्न मलाई असहज लाग्यो । मैले यो कुरा घरमा राख्दा सहजै उपाय निस्क्यो, म मेरो जन्मभूमि जुम्ला गएर पढ्ने । म प्रफुल्ल भएर जुम्ला गएर कक्षा १० मा भर्ना भए र त्यहीँ श्री भैरव मावि नराकोट सिंजाबाट २०४५ सालमा एसएलसी दिए । त्यतिबेला हाम्रो परिवार पाताभारको उल्टनपुर गाउँमा बस्थ्यो । साँझ परिवारका सबैजसो सदस्य आगनमा बसेर दैनिक धान रोपाइँका विषयमा छलफल गरिरहेका थिए । रेडियो नेपालले एसएलसी नितिजा प्रकाशित भएको समाचार प्रशारण गर्याे ।

    रेडियोबाट यो समाचार सुनेपछि मनमा अनौठो कौ–तुहलता जागृत हुन थाल्यो । नतिजा कसरी थाहा पाउने ? रातभरि छट्पटी भयो । एकाविहानै उस्तै छट्पटी सहित मेरो घनिष्ठ साथी ईश्वर रेग्मी मेरो घरमा आइपुग्यो । उसले पाताभारबाट एसएलसी दिएको थियो । हामी घरमा एसएलसी नतिजाका बारेमा चर्चा गर्दै थियौं । त्यतिकैमा अङ्कल आदिचन्द्र धिताल अफिस जान भनेर हाम्रो घरहुँदै आउनु भयो । एसएलसी रिजल्टका विषयमा उहाँ पनि जानकार हुनुहुनेरहेछ । उहाँले हामीलाई टीकापुर विमानस्थलमा गोरखापत्र भेटिन सक्ने भएकाले त्यहाँ जान सुझाव दिनुभयो । अनि के थियो, हामी टीकापुर जान दौडिहाल्यौ ।

    हतार हतार टीकापुर विमानस्थलमा पुग्यौं । विमान भर्खरै अवतरण भएको रहेछ । गोरखापत्र खोज्ने धेरै विद्या–र्थीको भीड थियो । सग्लो गोरखापत्र कतै भेटिएन । खोज्दै जादा एक ठाउँमा च्यातेर टुक्राटुक्रा पारिएको अवस्थाको पत्रिका भेटियो । हामी ध्यानमग्न भएर ती टुक्राहरुमा आफ्नो सिम्बोल नम्बर खोज्न थाल्यौं । संयो–गले दुबै जनाले अलगअलग टुक्रामा आआपना नम्बर भेटायौ । गोरखापत्रका टुक्रामा आफ्नो सिम्बोल नम्बर भेटिएपछिको त्यो खुसी वर्णन गर्ने शब्द अहिले खोजेर भेटिन सम्भव छैन । त्यो वेहद खुसी साटन हामी दौडेर घरतिर फर्कियौ । वास्तवमा त्यो खुसी सीमातीत थियो, अवर्णनीय थियो ।

    हामी घर आयौं । घर खुसी थियो । गाउँ खुसी थियो । वास्तवमा त्यतिबेला एसएलसी उत्तीर्ण गर्नु एउटा ठूलै शैक्षिक उपाधि प्राप्त गर्नु झै थियो । दोस्रो दिन हामी गोला र पाताभार स्कुलमा गयौं । गोरखापत्रका टुक्रा देखाएर एसएलसी पास भएको कुरा सबैलाई बताउन थाल्यौं । विद्यालयमा गोर–खापत्र पुगेको थिएन । विद्या–लयहरु नतिजाको विवरण थाहा पाएका थिएनन । अरु साथीहरू अन्योलमा थिए । म विशेष खुसी थिए किनभने मैले कक्षा घटेर पढ्नु परेको थिएन । म मनमनै जन्मभूमि जुम्ला, भैरव मावि नराकोट, आफ्ना अभिभावक र गुरु हरुप्रति कृतज्ञ थिए ।

    (धिताल नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका पूर्वअध्यक्ष एवम् बबई बहुमुखी क्याम्पस बर्दियाका उपप्राध्यापक हुनुहुन्छ ।)

    Post Views: 255
    प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ११:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.